सैनामैनाको १८औँ नगर सभा सम्पन्न, बजेट र प्रगति विवरण सार्वजनिक

Picture of खबर परिबेश

खबर परिबेश

सैनामैना नगरपालिकाको १८ औँ नगर सभा शुक्रबार नगरपालिकाको सभाहलमा  सम्पन्न भएको छ। नगर प्रमुख फणेन्द्र प्रसाद शर्माको अध्यक्षतामा बसेको उक्त सभाले नयाँ ऐनहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको आय–व्यय र प्रशासनिक प्रगतिको विस्तृत समीक्षा गरेको छ।

नगर सभाले स्थानीय शासनलाई थप पारदर्शी र व्यवस्थित बनाउन तीनवटा महत्वपूर्ण कानुनी दस्तावेजहरू पारित गरेको छ। जसअनुसार सैनामैना नगरपालिका आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०८२ र सैनामैना नगरपालिका विज्ञापन व्यवस्थापन तथा नियमन ऐन २०८२ स्वीकृत भएका छन् । यस्तै विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७५ लाई  संशोधन गरिएको छ।

प्रस्तुत प्रतिवेदन अनुसार नगरपालिकाले चालू आवका लागि कुल रु १ अर्ब ३४ करोड ८३ लाख ४९ हजार आयको अनुमान गरेको थियो। हालसम्म कुल रु ६१ करोड ९४ लाख ४९ हजार २०६ आम्दानी प्राप्त भएको छ।

व्यय तर्फ पनि कुल रु १ अर्ब ३४ करोड ८३ लाख ४९ हजार अनुमान गरिएकोमा हालसम्म रु २५ करोड ७ लाख ८७ हजार १५७ खर्च भएको तथ्यांक सार्वजनिक गरिएको छ।


भूमि आयोगमार्फत भइरहेको कामको प्रगति सुनाउँदै नगरपालिकाले वडा नं। १ मा १६५ जना लाभग्राहीको जग्गाधनी पूर्जा, श्रेस्ता, फिल्ड बुक तथा नक्सा प्रिन्ट तयार गरी वितरण गरिएको जानकारी दिएको छ।

यस्तै १९२ जनाको राजस्व निर्णय सम्बन्धी सूचना प्रकाशन भइसकेको छ भने १६०० जनाको हकदाबी सम्बन्धी सूचना र १२०० जनाको राजस्व विवरण सम्बन्धी सूचना तयारीको अन्तिम प्रक्रियामा रहेको सभामा जानकारी गराइयो।

पञ्जीकरण र प्रशासनिक प्रगति
नगरपालिकाको पञ्जीकरण शाखाका अनुसार यस अवधिमा जम्मा ९६४ वटा व्यक्तिगत घटना दर्ता भएका छन्। जसमा जन्मदर्ता ३६९, मृत्युदर्ता १६९, विवाहदर्ता १९१, बसाइँसराइ १४० आएको र ६४ गएको  रसम्बन्ध विच्छेदस् ३१

नगर सभामा उपप्रमुख विना राना, प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनी, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू र नगर सभा सदस्यहरूको उपस्थिति रहेको थियो। सभामा नगर प्रमुख शर्माले सैनामैनाको विकास र सुशासनका लागि सबै पक्षको सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो।

प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.