थारु कल्याणकारीणी सभा सैनामैना नगर समितिद्वारा आयोजित आठौँ सैनामैना माघी खिचडी महोत्सव २०८२ को अवसरमा सञ्चालित नगरस्तरीय हाजिरीजवाफ प्रतियोगितामा सैनामैना पर्रोहा परमेश्वर नमुना माध्यमिक विद्यालय प्रथम भएको छ।
महोत्सवको पूर्वसन्ध्यामा आयोजित शैक्षिक कार्यक्रम अन्तर्गत नगरका विभिन्न विद्यालयहरूको सहभागिता रहेको थियो। कडा प्रतिस्पर्धाका बीच जनकल्याण माध्यमिक विद्यालयले द्वितीय स्थान हासिल गरेको छ भने पश्चिम पर्रोहा माध्यमिक विद्यालय तृतीय र पर्रोहा माध्यमिक विद्यालय सान्त्वना चौथो स्थान हासिल गर्न सफल भएका छन् ।







