११५औँ भड्छा महोत्सव तथा रात्री माघे औंसी मेला तयारी तीव्र

Picture of खबर परिबेश

खबर परिबेश

सैनामैना नगरपालिका–८ मा परम्परागत रूपमा मनाइँदै आएको ११५औँ भड्छा महोत्सव तथा रात्री माघे औंसी मेला–२०८२ को तयारी सुरु गरिएको छ। मेला सफल रूपमा सञ्चालन गर्न सम्बन्धी छलफल तथा समिति गठनका लागि आज सम्पन्न बैठकले मेला मूल सञ्चालन समिति तथा विभिन्न उपसमितिहरू सर्वसम्मत रूपमा चयन गरेको छ।

वडा नम्बर ८ का अध्यक्ष बुद्धिराम चौधरीको अध्यक्षतामा सम्पन्न बैठकमा गाउँ समाजका समाजसेवी, बुद्धिजीवी तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। बैठकले महोत्सव तथा मेला व्यवस्थित, सभ्य र भव्य रूपमा सम्पन्न गर्ने उद्देश्यसहित ३१ सदस्यीय मूल समिति तथा १७ वटा विभिन्न उपसमिति गठन गरेको हो।

मेला मूल समितिको अध्यक्षमा गम्मी थारु चयन भएका छन् भने उपाध्यक्षमा देवनारायण चौधरी, सचिवमा पर्शुराम चौधरी, सह–सचिवहरूमा भुवानी थारु र महिमा चौधरी, तथा कोषाध्यक्षमा भानप्रताप चौधरी चयन भएका छन्। त्यसैगरी, मेला सञ्चालन संयोजकको जिम्मेवारी वडा अध्यक्ष बुद्धिराम चौधरीलाई दिइएको छ।

बैठकले मेला व्यवस्थापन, सुरक्षा, सांस्कृतिक कार्यक्रम, सरसफाइ, आर्थिक व्यवस्थापन लगायतका विषयमा विभिन्न उपसमितिहरू गठन गरी जिम्मेवारी तोकेको छ। आयोजक समितिका अनुसार मेला यही माघ ३, ४ र ५ गतेसम्म सञ्चालन हुनेछ।


परम्परा, संस्कृति र सामाजिक सद्भावको प्रतीकका रूपमा रहेको भड्छा महोत्सव तथा रात्री माघे औंसी मेलाले स्थानीय संस्कृति संरक्षणसँगै पर्यटन प्रवर्द्धनमा पनि महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। आयोजक समितिले सबैलाई मेलामा सहभागी भई कार्यक्रम सफल बनाउन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.