बढ्दो जाडो र शीतलहरबाट विपन्न परिवारलाई जोगाउन रुपन्देहीको सैनामैना–१ स्थित एकता टोलमा न्यानो कपडा सङ्कलन तथा वितरण अभियान सञ्चालन गरिएको छ । आर्थिक अवस्था कमजोर भएका कारण चिसो मौसममा न्यानो कपडा जोहो गर्न नसक्ने परिवारलाई लक्षित गरी यो अभियान चलाइएको हो ।
वडा भित्रका सामाजिक अभियन्ता एकबहादुर क्षेत्री लगायतको सक्रियतामा विगतका वर्षदेखि नै यो अभियान निरन्तर चल्दै आएको छ । अभियानअन्तर्गत टोलका सम्पन्न परिवारहरूका घरमा प्रयोगमा नआएका तर सुकिला, सफा र लगाउन योग्य रहेका न्यानो लुगाहरू (ज्याकेट, स्वीटर, ओढ्ने) सङ्कलन गरिन्छ ।
यस वर्षको अभियानलाई निरन्तरता दिँदै शुक्रबार एकता टोलमा एक औपचारिक कार्यक्रमका बीच सङ्कलित न्यानो कपडा वितरण गरिएको छ । कपडा वितरण गर्दा विशेषगरी ज्येष्ठ नागरिक, बालबालिका र विपन्न वर्गलाई प्राथमिकता दिइएको अभियन्ता एकबहादुर क्षेत्रीले जानकारी दिए ।
विपन्न नागरिकको स्वास्थ्य र सुरक्षामा यस्ता स्वयंसेवी अभियानले ठूलो टेवा पु¥याएको स्थानीयको भनाइ छ ।








