सैनामैना नगरपालिकाको १८ औँ नगर सभा शुक्रबार नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ। नगर प्रमुख फणेन्द्र प्रसाद शर्माको अध्यक्षतामा बसेको उक्त सभाले नयाँ ऐनहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको आय–व्यय र प्रशासनिक प्रगतिको विस्तृत समीक्षा गरेको छ।
नगर सभाले स्थानीय शासनलाई थप पारदर्शी र व्यवस्थित बनाउन तीनवटा महत्वपूर्ण कानुनी दस्तावेजहरू पारित गरेको छ। जसअनुसार सैनामैना नगरपालिका आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०८२ र सैनामैना नगरपालिका विज्ञापन व्यवस्थापन तथा नियमन ऐन २०८२ स्वीकृत भएका छन् । यस्तै विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७५ लाई संशोधन गरिएको छ।
प्रस्तुत प्रतिवेदन अनुसार नगरपालिकाले चालू आवका लागि कुल रु १ अर्ब ३४ करोड ८३ लाख ४९ हजार आयको अनुमान गरेको थियो। हालसम्म कुल रु ६१ करोड ९४ लाख ४९ हजार २०६ आम्दानी प्राप्त भएको छ।
व्यय तर्फ पनि कुल रु १ अर्ब ३४ करोड ८३ लाख ४९ हजार अनुमान गरिएकोमा हालसम्म रु २५ करोड ७ लाख ८७ हजार १५७ खर्च भएको तथ्यांक सार्वजनिक गरिएको छ।


भूमि आयोगमार्फत भइरहेको कामको प्रगति सुनाउँदै नगरपालिकाले वडा नं। १ मा १६५ जना लाभग्राहीको जग्गाधनी पूर्जा, श्रेस्ता, फिल्ड बुक तथा नक्सा प्रिन्ट तयार गरी वितरण गरिएको जानकारी दिएको छ।
यस्तै १९२ जनाको राजस्व निर्णय सम्बन्धी सूचना प्रकाशन भइसकेको छ भने १६०० जनाको हकदाबी सम्बन्धी सूचना र १२०० जनाको राजस्व विवरण सम्बन्धी सूचना तयारीको अन्तिम प्रक्रियामा रहेको सभामा जानकारी गराइयो।
पञ्जीकरण र प्रशासनिक प्रगति
नगरपालिकाको पञ्जीकरण शाखाका अनुसार यस अवधिमा जम्मा ९६४ वटा व्यक्तिगत घटना दर्ता भएका छन्। जसमा जन्मदर्ता ३६९, मृत्युदर्ता १६९, विवाहदर्ता १९१, बसाइँसराइ १४० आएको र ६४ गएको रसम्बन्ध विच्छेदस् ३१
नगर सभामा उपप्रमुख विना राना, प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनी, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू र नगर सभा सदस्यहरूको उपस्थिति रहेको थियो। सभामा नगर प्रमुख शर्माले सैनामैनाको विकास र सुशासनका लागि सबै पक्षको सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो।







