श्री सिद्धार्थ मेमोरियल एकेडेमी (SSMA) मा सिद्धार्थ स्काउट ट्रुपद्वारा आयोजित “Slow Cycle Race” (स्लो साइकल रेस) प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ।
तीव्रताभन्दा पनि धैर्य, सन्तुलन र एकाग्रताको मापन गर्न आयोजित (स्लो साइकल रेस) प्रतियोगितामा स्काउट विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।
प्रतियोगितामा छात्रा तर्फ अपेक्षा थापा प्रथम, युनिसा सापकोटा द्वितीय र सिर्जना लम्साल तृतीय भएकी छन् । यसैगरी छात्र तर्फ विशाल अधिकारी प्रथम, विधान भुसाल द्वितीय र कविन के.सी. तृतीय भएका छन् । विजेता प्रतियोगिताहरुलाई पुरस्काकाले पुरस्कृत गरिएको हो ।
प्रतियोगितामा कुल ६७ जना स्काउट विधार्थीहरूले सहभागिता जनाएका थिए। खेलकुद र साहसिक गतिविधिलाई प्रोत्साहन गर्दै सहभागी सम्पूर्ण ६७ जना विद्यार्थीहरूलाई साइकल ब्याच प्रदान गरिएको छ।
विधालयका प्राचार्य भोजराज पौडेलले प्रतियोगिताले विद्यार्थीहरूमा शारीरिक सन्तुलनका साथै एकाग्रता, धैर्यता र कौशल जस्ता महत्वपूर्ण जीवनोपयोगी सीपहरूको विकास गर्ने बताए ।
विधालयले यस प्रकारका अतिरिक्त क्रियाकलापहरूलाई निरन्तरता दिँदै विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा जोड दिने प्रतिबद्धता व्यक्त गरे ।





