द बुद्ध फुटसल कपको उपाधि खस्यौलीलाई

Picture of अनिता चाैधरी

अनिता चाैधरी

रुपन्देहीको सैनामैनामा सम्पन्न द बुद्ध फुटसल कप खुला फुटसल प्रतियोगिताको उपाधि खस्यौली फुटबल क्लब, बुटवलले जितेको छ ।
सैनामैना–३ मुर्गिया स्थित कृपा फुटसल एण्ड फिटनेसमा सम्पन्न फाइनलमा सह–आयोजक समेत रहेको शान्तिदिप युवा क्लब, मुर्गियालाई ५–३ ले हराउँदै खस्यौली च्याम्पियन बनेको हो ।
विजेता बनेको खस्यौलीले उपाधिसहित नगद ५० हजार हात पार्यो भने उपविजेता शन्तिदिपले नगद २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य बन्यो ।
विधागततर्फ खस्यौलीका अस्मित शर्मा फाइनल खेलको म्यान अफ दि म्याच बने । उत्कृष्ट गोलरक्षक पनि खस्यौली कै अनुप राना बन्दा सर्वाधिक गोलकर्ताको पुरस्कार खस्यौली कै कप्तान भुवन मगरले हात पारे ।
त्यस्तै प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी भने आयोजक शान्तिदिपका सुजित चौधरी घोषित भए । विजेता तथा उपविजेता टोलीका खेलाडीहरुलाई आयोजक क्लबका अध्यक्ष श्री दर्लामी मगर, प्रतियोगिताका विशेष सहयोगी सुवास क्षेत्री, खेल संयोजक रेशम पुन लगायतले पुरस्कृत गरेका थिए ।
विजेतालाई पुरस्कार प्रदान गर्दै युवा समाजसेवी एवं व्यवसायी सुभाष क्षेत्रीले यस्ता प्रतियोगिताहरूले उदयमान युवा प्रतिभालाई सकारात्मक बाटोमा डो¥याउनुका साथै अवसर प्रदान गर्ने बताए । उनले खेल हेर्न परिवारहरू समेत उपस्थित भएमा खेलाडीहरूमा थप उर्जा मिल्ने कुरा व्यक्त गरे ।
सञ्चारकर्मी कृष्ण भण्डारी र समाजसेवी श्यामप्रसाद अधिकारीले बोल्दै प्रतियोगिताले यस क्षेत्रका खेलाडीलाई उच्च सम्मान र अवसर दिएको बताए । खेलले खेलाडीहरूबीच आत्मीय मित्रता र चिनजान बढाउन सहयोग गरेको धारणा राखेका थिए ।
शान्तिद्वीप युवा क्लबका अध्यक्ष श्री दर्लामीले प्रतियोगिताले नयाँ जोश र चुनौती ल्याएको बताउँदै सहयोगी मनहरूलाई धन्यवाद ज्ञापन गरे । क्लबको वार्षिक गतिविधीलाई थप फराकिलो बनाउने उद्देश्यका साथ यसपटकदेखि खुला फुटसल प्रतियोगिता आयोजना गरिएको उनले बताए । युवाहरूलाई सकारात्मक र सामाजिक क्रियाकलापमा संलग्न गराउँदै उनीहरूको शारीरिक र मानसिक विकासमा टेवा पुर्‍याउनु क्लबको प्रमुख उद्देश्य रहेकाले खेलकुदले अनुशासन, टिमवर्क र प्रतिस्पर्धाको भावना सिकाउने हुनाले प्रतियोगितालाई आउने दिनमा पनि भव्यताका साथ आयोजना गर्ने र निरन्तरता दिने योजना रहेको समेत अध्यक्ष दर्लामीले बताए ।  कार्यक्रमको सञ्चालन दिनेश न्यौपानेले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.