रुपन्देही जिल्लाको सैनामैना नगरपालिका वडा नम्बर ३ मा भएको फुट्सल प्रतियोगितामा बुटवलको खस्यौली एफसी प्रथम भएको छ।
१४ टिमले सहभागिता जनाएको फुट्सल प्रतियोगितामा खस्यौली एफसी र शान्तिदीप एफसी उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए।
फाइनल खेलमा खसौली एफसीले शान्तिदीप एफसीलाई पाँच तिन गोल अन्तरले पराजित गर्दै उपाधिसँगै नगद ५० हजार प्रमाणपत्र, मेडल एवं सिल्ड प्राप्त गरेको छ। त्यस्तै दोस्रो स्थान मा चित्त बुझाएको शान्तिदिपले नगद २५ हजार सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो ।
खेल अवधिभर उत्कृष्ट प्रदर्शन गर्दै विभिन्न विधामा खेलाडीलाई नगद सहित सम्मान समेत गरिएको थियो। फाइनल खेलको म्यान अफ द म्याच खस्यौली एफसीका अश्मित शर्मा भएका थिए भने प्रतियोगितामा ११ गोल गर्दै खस्यौली एफसीका हाइएस्ट गोल स्कोररको रुपमा भुवन मगर सम्मानित भएका थिए, प्रतियोगिताको उत्कृष्ट किप्परको रुपमा खस्यौली एफसीकै अनुप राना सम्मानित भएका थिए । प्रतियोगिताकै उत्कृष्ट खेलाडीको उपाधि शान्तिदीप एफसीका सुजित चौधरीले प्राप्त गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि युवा समाजसेवी एवं युवा व्यवसायी सुभाष क्षेत्रीले यस्ता प्रतियोगिताले उदयमान युवा प्रतिभालाई अवसरसँगै सकारात्मक बाटोमा हिडाल्न सहयोग गर्ने हुँदा यस्ता प्रतियोगिता आयोजना गर्दै खेल्ने भाइबहिनीसँगै आफ्नो परिवार पनि यस खेल हेर्न आए भने अझै थप उर्जा मिल्ने कुरा व्यक्त व्यक्त गर्नुभयो, कार्यक्रममा सञ्चारकर्मी कृष्ण भण्डारीले प्रतियोगिता आयोजना हुनु नै ठूलो कुरा भएको र यस धनराशिको प्रतियोगिताले यस क्षेत्रका प्रतिभावान खेलाडीलाई उच्च सम्मान गर्नुका साथै अवसरसँगै आगामी यात्राका लागि नयाँ बाटो खोलेको समेत धारणा व्यक्त गर्दै विजेता उपविजेता सम्पूर्ण खेलाडीहरुलाई बधाई ज्ञापन गर्नुभयो ।
कार्यक्रमका अतिथि श्यामप्रसाद अधिकारीले यस्ता प्रतियोगिताले एकआपसमा आत्मीय मित्रतासँगै चिनजान र भोलिका दिनमा यस ठाउँका खेलाडी अन्य ठाउँमा जाँदै गर्दा र अन्य ठाउँका खेलाडी यसरी यहाँ खेल्न आउँदा खेलाडीको क्षमता विकाससँगै आत्मीयता साटासाट हुने कुरा समेत व्यक्त गर्नुभयो । कार्यक्रमको अध्यक्षता गर्नुभएका शान्तिद्वीप एफसीका अध्यक्ष श्री दर्लामीले प्रतियोगिताले आफैमा अवसरसँगै नयाँ चुनौती र नयाँ जोश पर्ने हुँदा कार्यक्रम गर्नका लागि सहयोग गर्ने सहयोगी मनहरूप्रति उच्च सम्मान प्रकट गर्दै आगामी दिनका लागि समेत यहाँहरुबाट ठूलो अपेक्षा र प्रतियोगितामा सहभागी जनाउने सम्पूर्ण टिमलाई धन्यवादसँगै विजेता उपविजेता एवं सम्पूर्ण खेलाडीहरुलाई आगामी खेल यात्राका लागि उन्नति र प्रगतिको शुभकामना समेत व्यक्त गर्नुभएको थियो।
प्रतियोगिता सम्पन्न गर्नका लागि संयोजकको भूमिका रेशम पुन रहनुभएको थियो भने कार्यक्रमको सञ्चालन दिनेश न्यौपानेले गर्नुभएको थियो । कार्यक्रममा आर्थिक रूपमा एवं भौतिक एवं अन्यरूपमा सहयोग गर्ने सहयोगदाताहरूलाई उच्च सम्मानका साथ सम्मानपत्रद्वारा सम्मान समेत गरिएको थियो।






