बुद्धनगर बहुउद्देश्यीय सहकारी संस्थाको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ ।
सैनामैना–५ बुद्धनगरमा अवस्थित बुद्धनगर युवा क्लबको भवनमा सम्पन्नसाधारण सभा र दोस्रो अधिवेशनले डिल्लीराम पोख्रेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
समितिको उपाध्यक्षमा भुपेन्द्र सुवेदी, सचिवमा रिता खत्री, कोषाध्यक्षमा पुष्पराज अधिकारी चयन भएका छन् । यस्तै सदस्यहरुमा उमाकान्त पाण्डे, कृष्ण अर्याल, कृष्ण भण्डारी, सावित्रा वि.क, सरस्वती भट्टराई, गोपाल घिमिरे, र नाथु थारू रहेका छन् ।
यसैगरि मनिराम भट्टराई संयोजक, चुरामणि घिमिरे र इन्दिरा गौतम सदस्य रहने लेखा सुपरिवेक्षण समिति पनि चयन गरिएको छ भने ऋण समितिमा संयोजक नरिनारायण घिमिरे र सदस्यमा तारा खड्कालाई चयन गरिएको हो ।
सैनामैना नगरपालिका वडा नं.–५ का वडा अध्यक्ष धनप्रसाद पौडेलले सहकारी संस्थाहरूले स्थानीय अर्थतन्त्रलाई सुदृढ गर्न महत्वपूर्ण भूमिका खेलेको बताउँदै बुद्धनगर सहकारीलाई अझ जिम्मेवार र पारदर्शी ढंगले अघि बढ्न शुभकामना दिए ।
सैनामैना नगरपालिका सहकारी विभाग प्रमुख रामकुमार भट्टराईले सहकारी संस्थाहरूले सेयर सदस्यहरूको आर्थिक अवस्था सुधार गर्न र वित्तीय साक्षरता बढाउन खेलेको भूमिकाको प्रशंसा गरे ।
स्मार्ट कृषि सहकारी संस्थाकि अध्यक्ष विमला पाण्डे र बुद्धनगर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष रामप्रसाद भुसालले बोल्दै सहकारी संस्थाले अब कृषि क्षेत्रलाई जोड्दै आफ्ना सेयर सदस्यहरूलाई उत्पादनमुखी कार्यमा संलग्न गराउनुपर्नेमा जोड दिए ।
कार्यक्रम संस्थाका अध्यक्ष रितलाल घिमिरेको अध्यक्षता उपाध्यक्ष रिता खत्रीको स्वागत तथा सचिव भुपेन्द्र सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो ।




