सैनामैनामा ३४ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस भव्यताका साथ मनाइयो

Picture of अनिता चाैधरी

अनिता चाैधरी

नेपाल आदिवासी जनजाती अपांगता संघ लुम्बिनी प्रदेशको आयोजना तथा यबिल्स फाउण्डेशनको सहयोगमा रुपन्देहीको सैनामैनामा ३४ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस भव्यताका साथ मनाइएको छ ।
“अपांगता समाजसेवी समाजको प्रवद्र्धन ः सामाजिक उन्नतिको संवद्र्धन“ भन्ने मूल नारासहित डिसेम्बर ३ मा विश्वव्यापी रुपमा मनाइने अपांगता दिवसको अवसरमा सैनामैना–४ मुर्गिया लुम्बिनी रोडबाट विभिन्न जनचेतनामूलक प्ले कार्ड बोकेर ¥याली निकालिएको थियो ।
उक्त ¥याली नेपाल मगर संघ सैनामैनाको भवनमा पुगेर कोणसभामा परिणत भएको थियो, जहाँ अपाङ्गता भएका व्यक्तिहरूको हक, अधिकार र समावेशीकरणका विषयमा छलफल भएको थियो ।
कोणसभामा बोल्दै नेपाल आदिवासी जनजाती अपांगता संघ लुम्बिनी प्रदेशका अध्यक्ष सन्त कुमार थारुले अपांगता भएका व्यक्तिहरूले संविधानमा लेखिएका अधिकारहरू प्राप्त गर्न नसकेकोमा दुःख व्यक्त गरे ।  “नेपालको संविधानमा अपांगताका हक अधिकार समावेश गरे पनि हामीले ती अधिकार महसुस गर्न पाएका छैनौं । संविधानमा लेखियो तर व्यवहारमा कार्यान्वयन भएन ।“उनले थप स्पष्ट पार्दै भने– “पानामा लेखिएर मात्रै हुँदैन, प्रत्यक्ष जीवनमा लागू गरे मात्र अधिकार प्राप्त गरेको महसुस गर्न पाउँछौं ।“
तीनै तहका सरकारले अपाङ्गताका लागि बनाएका अधिकार र नीतिहरू कार्यान्वयन गर्नमा कतै न कतै चुकेको र त्यसको प्रत्यक्ष असर अपाङ्गता भएका नागरिकको जीवनमा परेको औंल्याए ।अध्यक्ष थारुले अपाङ्गता भित्र पनि आदिवासी जनजाति समुदायका अपाङ्गता भएका व्यक्तिहरूका सवालहरू आझेलमा परेको तथ्यमाथि प्रकाश पारे ।  राज्यका सबै निकायहरूमा आदिवासी जनजाति अपाङ्गता भएका व्यक्तिहरूको सवालहरूलाई सम्बोधन गर्दै उनीहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गराउनुपर्ने कुरामा विशेष जोड दिए ।
उनका अनुसार अपाङ्गता भएका, विशेषगरी आदिवासी जनजाति समुदायका व्यक्तिहरूले कानुनी र नीतिगत क्षेत्रमा पहिचान नहुनु, प्रक्रियागत विभेद र संरचनागत हिंसाको शिकार हुनु, आत्मनिर्णयको अधिकार र सम्मानका साथ बाँच्न पाउने अधिकारको पालना नहुनु, निर्णय प्रक्रियामा प्रतिनिधिमूलक संस्थाबाट सहभागी हुन नपाउनु, स्वतन्त्र अग्रिम जानकारीसहितको मन्जुरीको अधिकारको पालना नहुनु, सेवा तथा सहायतामा पर्याप्त पहुँच नहुनु र अपाङ्गता संस्थाभित्रै आदिवासी अपाङ्गतामाथि हुने संरचनागत वहिष्करणमा पर्ने जस्ता समस्या भोग्नु परेको सुनाए ।

थारुले अन्तर्राष्ट्रिय महासन्धिले नेपाल सरकारलाई सिफारिस गरेका अधिकारहरू पनि राज्यले पालना गर्न नसकेकोमा आपत्ति जनाउँदै, आदिवासी जनजाति अपाङ्गता भएकाहरू आर्थिक, राजनीतिक र सांस्कृतिक रुपमा अनेकौं भेदभावको चपेटामा परेको उल्लेख गरे ।

सैनामैना नगरपालिका उप–प्रमुख विना रानाले नगरपालिका अपाङ्गता भएका व्यक्ति समुदाय र वर्गहरूको हक अधिकार र समस्या समाधानका लागि सधैं प्रतिबद्ध रहेको बताए । । उनले अपाङ्गता भएका नागरिकको जीवन सहज बनाउन र उनीहरूको समावेशीकरण सुनिश्चित गर्न नगरपालिकाले सक्दो पहल गर्ने विश्वास दिलाइन् ।

अपाङ्ग पुनस्र्थापना केन्द्र रुपन्देहीका सदस्य निर बहादुर पुलामीले बोल्दै अपाङ्गता भएका व्यक्तिहरूको आत्मसम्मान र क्षमता विकासमा जोड दिनुपर्ने बताए । उनले राज्यका हरेक निकायले अपाङ्गता भएका नागरिकलाई समान अवसर दिनुपर्नेमा जोड दिए ।


नेपाल मगर संघ सैनामैना नगर कमिटीका सल्लाहकार तथा पूर्वउपाध्यक्ष विष्णु प्रसाद सर्तुङ्गे मगरले समेत अपाङ्गता भएका व्यक्तिको पहिचान र अधिकार स्थापित गर्नका लागि जोड दिए ।

लुम्बिनी प्रदेश सचिव संजिव थापा मगरले सबै वर्ग तथा समुदायका अपाङ्गता भएका व्यक्तिहरूका साथै आदिवासी जनजाति अपाङ्गता भएका व्यक्तिका सवालहरूलाई राज्यका हरेक निकायसम्म लैजानका लागि सबै निकायहरूले सक्दो सहयोग गर्नुपर्ने बताए ।

आदिवासी जनजातिका विभिन्न प्रकारका अपाङ्गता भएकाहरुको सहभागिता रहेको कार्यक्रममा सैनामैना नगरपालिका वडा–४ का अध्यक्ष रामप्रसाद अधिकारी, वडा नं.–३ का अध्यक्ष तम बहादुर पुर्जा, सैनामैना–१० की वडा सदस्य रिता राना, इलाका प्रहरी कार्यालय रन्यौराका शंकरदत्त अवस्थी, प्रहरी हवल्दर रमेश बहादुर भण्डारी लगायतको आतिथ्यता कार्यक्रमको संचालन प्रदेश सचिव संजिव संजिव थापा मगरले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.