बुटवलको तिनाउ नदीमा ‘सिग्नेचर ब्रिज’ बन्ने, बोलपत्र आह्वान

Picture of खबर परिबेश

खबर परिबेश

पूर्वपश्चिम राजमार्गको बुटवल (गोरूसिंगे–चन्द्रौटा सडक ४ लेनमा स्तरोन्नतिको काम भइरहेको सन्दर्भमा बुटवलको तिनाउ नदीमा बन्ने महत्वाकांक्षी ‘सिग्नेचर ब्रिज’ का लागि बोलपत्र आह्वान भएको छ।  राजमार्गअन्तर्गत हाल रहेको जीर्ण ‘तिनाउ पुल’लाई विस्थापित गरी नयाँ र आकर्षक सिग्नेचर पुल निर्माण गर्न शुक्रबार औपचारिक रूपमा बोलपत्र आह्वान गरिएको हो।

बुटवल क्षेत्रको सवारी चाप अत्यधिक बढेको र हालको पुल जीर्ण हुँदै गएकाले करिब चार वर्षअघिबाट नै नयाँ ‘सिग्नेचर ब्रिज’ निर्माणको तयारी थालिएको थियो। पूर्वपश्चिम राजमार्ग विस्तार भएपछि पुरानो पुलले बढ्दो चाप थेग्न नसक्ने भएकाले पनि नयाँ आकर्षक पुल निर्माण गर्न लागिएको हो।
पुलको किनारामै नेपाली वीरताको गाथा बोकेको जीतगढी किल्ला रहेकाले यसको पर्यटनको सम्भावनालाई ध्यानमा राखेर पुललाई ुसिग्नेचर ब्रिजु का रूपमा डिजाइन गरिएको छ।

पुलको किनारामै नेपाली वीरताको गाथा बोकेको जीतगढी किल्ला समेत रहेकाले पर्यटनको सम्भावनालाई ध्यानमा राखेर पनि यो पुल सिग्नेचर ब्रिज हुने गरी निर्माण गर्ने योजना बनाइएको छ । यस क्षेत्रका जनप्रतिनिधि तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलको परिकल्पना अनुसार तिनाउ नदीमा ‘सिग्नेचर ब्रिज’ बनाउने काम अघि बढेको हो । बुटवलको तिनाउ नदीमा बन्ने सिग्नेचर ब्रिजले करिब ३०० मिटर क्षेत्रलाई समेट्ने र सो क्षेत्रलाई सौन्दर्य अभिवृद्धि गर्ने तयारी छ । यो क्षेत्रमा पर्ने जितगढी किल्ला, कृष्ण मन्दिर र मस्जिदलाई समेत समेटेर सौन्दर्य अभिवृद्धि गरिने छ ।

 

प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.