नगरस्तरीय आदर्श क्वीज च्याम्पको उपाधि प्रभात इङलिस बोर्डिङलाई

Picture of अनिता चाैधरी

अनिता चाैधरी

आदर्श युवा क्लब सैनामैना-४ को आयोजनामा सम्पन्न नगरस्तरीय ‘आदर्श क्वीज च्याम्प’ प्रतियोगिताको उपाधि प्रभात इङलिस बोर्डिङ स्कुलले हात पारेको छ। नगरभित्रका विद्यार्थीहरूको बौद्धिक क्षमता उजागर गर्ने र प्रतिस्पर्धात्मक भावनाको विकास गर्ने उद्देश्यले आयोजित उक्त प्रतियोगितामा नगरका १६ विद्यालयहरूको सहभागिता रहेको थियो ।
अत्यन्तै प्रतिस्पर्धात्मक फाइनल चरणमा पुगेका ६ विद्यालयमध्ये प्रभात इङलिस बोर्डिङ स्कुल प्रथम हुन सफल भयो। त्यस्तै, सुनगाभा पब्लिक स्कुल द्वितीय र सैनामैना पर्रोहा परमेश्वर नमुना माध्यमिक विद्यालय तृतीय भए। प्रतियोगितामा सिद्धार्थ मेमोरियल स्कुल चौथो, रामापुर रिभाइबल इङलिस स्कुल पाँचौँ र ग्यालेक्सी इङलिस बोर्डिङ स्कुल छैटौँ स्थान हासिल गर्न सफल भए।
विजेता विद्यालयहरूले क्रमशः नगद १५ हजार, १० हजार र ५ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गरेका छन्।

प्रतियोगिताको समुद्घाटन गर्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्र प्रसाद शर्माले आदर्श युवा क्लबले गर्दै आएका रचनात्मक र सिर्जनात्मक कार्यक्रमको प्रशंसा गर्नुभयो। उहाँले भन्नुभयो— “यस्ता प्रतियोगिताले विद्यार्थीमा नयाँ सिर्जना र खोज गर्ने प्रवृत्तिको विकास गर्छ। सहभागिताले ज्ञान र सीप बढाउनुका साथै अनुशासन र धैर्यता सिकाउँछ।” नगर प्रमुख शर्माले हारजितलाई स्वाभाविक रूपमा लिन आग्रह गर्दै यस्ता कार्यक्रमले सैनामैनालाई बौद्धिक पालिकाु को रूपमा चिनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो।

आदर्श युवा क्लबका अध्यक्ष कोषराज बस्नेतले क्लब स्थापनाको ४ वर्षमा खेलकुद र बौद्धिक कार्यक्रम मार्फत युवाहरूलाई संगठित गर्दै आएको बताउनुभयो । उहाँले सबैको योगदानले क्लब यहाँसम्म आइपुगेको र यसलाई अझ उचाइमा पु¥याउन सबैको साथ आवश्यक रहेको उल्लेख गर्नुभयो ।

रेडियो आवाजका प्रबन्ध निर्देशक कृष्ण भण्डारीले आदर्श क्लबले नयाँ प्रतिभा निखार्न इँटा थप्ने काम गरेको र अन्य क्लबको तुलनामा आदर्श क्लबले गर्ने कार्यक्रमहरू फरक र गुणस्तरीय हुने गरेको बताउनुभयो ।


सप्तऋषि सहकारी अध्यक्ष मित्र बहादुर ए.सी.ले छोटो समयमै समाजको मन जित्न सफल क्लबले विद्यार्थीलाई सही मार्ग देखाएकोमा खुसी व्यक्त गर्नुभयो ।

समाजसेवी दिपक काफ्लेले प्रतियोगिताले विद्यार्थीलाई भविष्यमा लोक सेवा आयोग जस्ता प्रतिस्पर्धात्मक परीक्षामा सफल हुन जग बसाल्ने बताउनुभयो ।

झारबैरा टोल विकास संस्थाका अध्यक्ष जगदीश वाग्ले र समाजसेवी हरि गौतमले ज्ञान बढाउन र विद्यार्थीलाई थप प्रेरणा दिन प्रतियोगिता सफल रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रमको उद्घाटन समारोह क्लबका उपाध्यक्ष प्रेम न्यौपाने र हाजिरीजवाफ प्रतियोगिता क्लबका पीआरओ (PRO) दिनेश न्यौपानेले सञ्चालन गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.