लायन्स क्लब अफ सैनामैना बोलबमको आयोजनामा सैनामैना नगरपालिका वडा नं.२ स्थित इन्द्रेणी टोलमा बृहत् मधुमेह सुगर परीक्षण कार्यक्रम सम्पन्न भएको छ। क्लबको वार्षिक कार्ययोजना अनुसार सामाजिक उत्तरदायित्व अन्तर्गत मंगलबार इन्द्रेणी टोलमा उक्त कार्यक्रम गरिएको हो।
क्लबका अध्यक्ष सौगात भट्टराईले वार्षिक कार्ययोजना अनुसार समुदायलाई स्वास्थ्यप्रति सचेत गराउने उद्देश्यले आयोजित शिविरमा करिब १२० जनाले निःशुल्क मधुमेह परीक्षण गराएको जानकारी दिनुभयो।
कार्यक्रमका प्रमुख अतिथि एवं लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ पि नेपालका जिएटी टीम युथ संयोजक लायन सुरेन्द्र घिमिरेले जनस्वास्थ्यप्रति सजग रहँदै क्लबले आयोजना गरेको सुगर परीक्षण कार्यक्रमले समाजमा सकारात्मक प्रभाव पार्ने र यस्ता मानवीय कार्यले लायन्सको गरिमा बढाउने बताउनुभयो।
सैनामैना-२ वडाका अध्यक्ष अमर कंडेलले व्यस्त जीवनशैलीका बीच टोलमै निःशुल्क मधुमेह परीक्षण मिलाउनु प्रशंसनीय भएको बताउँदै नागरिकको स्वास्थ्य सचेतनाका लागि वडा कार्यालयले सधैं सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।


यस्तै, इन्द्रेणी टोल विकास संस्थाका अध्यक्ष राम प्रसाद अधिकारी, शिव मन्दिर निर्माण समिति अध्यक्ष गोविन्द घिमिरे, डिस्ट्रिक्ट एड्भाइजर चित्र बहादुर के.सी., डिस्ट्रिक्ट चिफ लायन तिलक के.सी. चार्टड प्रेसिडेन्ट लायन हरि पोखरेल र गोदावरी सहकारीका संस्थापक अध्यक्ष लक्ष्मी जोशी लगायतले कार्यक्रममा मन्तव्य राख्नुभएको थियो ।
इन्द्रेणी टोलस्थित शिवालय मन्दिर परिसरमा सञ्चालित उक्त शिविरमा बुटवल हस्पिटल प्रा.लि.का प्राविधिक सहयोगमा स्वास्थ्यकर्मीहरू टीका थापा र जमुना बगालेले सेवाग्राहीहरूको स्वास्थ्य परीक्षण गर्नुभएको थियो।
कार्यक्रम लायन लक्ष्मी श्रेष्ठको स्वागत तथा क्लबकी उपाध्यक्ष माया जोशीको संयोजकत्वमा रहेको कार्यक्रमको सञ्चालन क्लबकी सचिव लायन सुनिता अधिकारीले गर्नुभएको थियो ।





