ईशान प्रकरण: छोराको दुर्घटना होइन, सुनियोजित हत्या भयो, परिवारद्वारा उच्चस्तरीय छानबिनको माग

Picture of खबर परिबेश

खबर परिबेश

गत पुस ३ गते घर नजिकैको नालीमा मृत अवस्थामा भेटिएका ईशान शर्माको सडक दुर्घटनामा मृत्यु भएको नभई सुनियोजित रुपमा हत्या गरिएको ईशानका बुवा अर्जुन शर्माले पुनः दावी गर्नु भएको छ। आज आफ्नै घरमा रुपन्देहीका पत्रकारहरुलाई अमान्त्रण गरी आफ्नो छोरा ईशान मृत्यु प्रकरणबारे जानकारी दिदै बुवा शर्माले उक्त कुरा दावी गर्नु भएको हो।
पत्रकारहरुलाई छोरा ईशानको न्यायका लागि कलम मार्फत आवाज उठाइदिन आग्रह गर्दै बुवा अर्जुन शर्माले वास्तविक दोषीलाई उन्मुक्ती दिन नक्कली दोषी करार गरेर घटनालाई मोड्न खोजेकोप्रति प्रहरी प्रशासन प्रति खेद व्यक्त गर्नुभयो ।
“आफु पनि सवारी चालक भएको र सवारी साधनको कुन गतिमा कस्तो दुर्घटना हुन्छ भन्ने कुराको सामान्य ज्ञान भएका हैसियतले पनि मेरो छोराको कुनै गाडीको दुर्घटनाबाट नभई सुनियोजित रुपमा पूर्व तयारीका साथ गरिएको हत्या नै हो। यसमा हेभि प्रोफाइल भएका व्यक्तीहरुको समेत संलग्न भएको हुन सक्ने शंका छ।” अर्जुन शर्माले भन्नुभयो। “नत्र भने सामान्य व्यक्तीले समेत पत्याउन नसक्ने घटनालाई सडक दुर्घटनाको नाम दिएर वास्तविक दोषीलाई छुट दिने हिम्मत कसलाई आउँछ?” भन्दै शर्माले प्रश्न गर्नुभयो।
“गाडीको ठक्करबाट मृत्यु भएको भए कसरी आँखाको नानी कसरी फुट्यो ?, भन्दै बुवा अर्जुन शर्माले शरीरभरी निलडाम छ, खुट्टा भाँचिएको छ, घटनास्थलमा दुर्घटनाको कुनैपनि संकेत छैनन, थिपकक्क राखेजस्तै बेलौतीको फेंदमा कसरी मोवाईल भेटियो?” प्रश्न गर्नुभयो।
यसैगरी ईशानका ठूलो बुवा पुष्पराज शर्माले भतिज इशानको कुनै पनि हालतमा गाडी दुर्घटनाबाट नभई हत्या नै भएको पुनः दावी गर्नु भएको छ। इशानका न्यायका लागि पत्रकारहरुबाट समेत घटनाको सत्य तथ्य छानविनका लागि प्रहरी प्रशासन थप दवाव दिन आग्रह गर्दै पुष्पराज शर्माले “कुन उद्धेश्यका साथ वास्तविक हत्यारा लुकाउन खोजिएको छ” भन्दै प्रश्न गर्नुभयो ।
पत्रकारहरुका माझ इशानका साथी निश्चल भट्टराईले घटनाको प्रकृति अनुसार ईशानको हत्या नै भएको दावी गर्दै प्रहरीले पोस्टमार्टमको रिपोर्ट परिवारलाई दिन ढिलाई गर्नुको कारण बुझन नसकिएको समेत बताउनु भयो।
ईशानको आमा रमा शर्माले भने “मेरो कोख रित्तिएको छ।” भन्दै जीवनको सहराको रुपमा हुर्किदै गरेको बैसाखी भाँचिएको बताउनु भयो। “मेरो छोरा जस्तो अरु आमाका सन्तानहरुको मृत्यु हुन नपरोस र जसरी मेरो छोराको वास्तविक हत्यारालाई लुकाएर निर्दोष व्यक्तीलाई दोषी देखाई हामीलाई अन्यायमा पारिएकोले हजुरहरुको सहरा लिनु परेको हो, पत्रकारहरु माथी हाम्रो पूर्ण विश्वास छ” आमा रमाले भन्नु भयो ।
इशानका आफन्त, छिमेकी र स्थानीयहरुले समेत ईशानको हत्या नै भएको र हत्यारालाई छिटो सार्वजनिक गराउन पत्रकारहरुले भूमिका खेल्न आग्रह गरेका थिए।
गत पुस २ गते सांझ देखि परिवारहरुबाट सम्पर्क विहिन भएका ईशानको अर्को दिन पुस ३ गते सांझ टाउकोको पछाडी गम्भिर चोट सहित आँखा फोडिएको अवस्थामा मृत भेटिएका थिए। त्यस पछि कञ्चनको शान्ति सुरक्षामाथी प्रश्न उठ्दै आइरहेको छ भने पिडित परिवार, आफन्त, छिमेकी र स्थानीयहरुले ईलाका प्रहरी कार्यालय रुद्रपुर, सालझण्डी र जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा धर्ना सहित घेराउ गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.