मृतक इशान शर्माको न्यायका लागि कञ्चनमा मौन जुलुस

Picture of खबर परिबेश

खबर परिबेश

विभत्स हत्या गरी नालीमा भेटिएका कञ्चन ४ धौलागिरीचोक रुपन्देहीका ईशान शर्माको न्यायका लागि कञ्चनमा प्ले कार्ड सहित मौन जुलुस गरेका छन् । स्थानीयहरुको स्वःस्फुर्त सहभागिता रहेको उक्त जुलुसले ईलाका प्रहरी कार्यालय रुद्रपुरमा पुगेर धर्ना दिएका थिए।
धर्नाको क्रममा “ईशानलाई न्याय दे”,  “हत्यारालाई ककार्वाही गर”,  “सामाजिक सुरक्षा कायम गर”,  “राजनैतिक हस्तक्षेप बन्द गर”,  “हत्यारा छिटो पत्ता लगा” जस्ता प्लेकार्ड प्रदर्शन सहित स्थानीयहरुले नारा समेत लगाएका थिए। कञ्चनका करिब २ हजार भन्दा बढी स्थानीयहरुले प्रहरी प्रशासनलाई इशान शर्माको हत्याराको खोज अनुसन्धान गरी सत्य तथ्य पत्ता लगाई कार्वाहीको दायरामा ल्याउन थप बल पुर्याउन मौन जुलुस गरिएको जुलुसमा सहभागी एक स्थानीयले बताएका छन् ।। अनुसन्धानको बहानामा अनुसन्धान लम्ब्याउने र हत्यारा उम्कने वातावरण नबनोस भन्ने उद्धेश्यले प्रहरी प्रशासनलाई दवाव दिनका लागि प्लेकार्ड सहित जुलुसको आव्हान गरिएको इशान शर्माकी दिदि आकृति ज्ञवालीले बताएकी छिन् ।।
गत पुस २ गते सांझ करिब ८ बजे देखि परिवारसंग सम्पर्क विहिन भएका ईशान अर्को दिन पुस ३ गते घर नजिकैको नालीमा टाउकोको पछाडी गम्भिर चोट लागेको र बायाँ आँखा फुटेको अवस्थामा मृत भेटिएका थिए। लुम्बिनी फायरलाइन सडक अन्तर्गत कञ्चन ४ स्थित धौलागिरीचोक देखि करिब २० मिटर उत्तर पूर्वमा रहेको नव निर्मित नालीको ढकन मुनी लुकाएर राखिएको अवस्थामा भेटिएका इशान शर्मा हत्या निकै विभत्स र निर्मम तरिकाले गरिएको अवस्था छ।
मौन जुलुसमा ईलाका प्रहरी कार्यालय रुद्रपुर पुगेका स्थानीयहरुलाई सम्बोधन गर्दै जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी सूरज कार्कीले घटनाबारे सत्य तथ्य पत्ता लगाउन नियमित अनुसन्धान जारी रहेको र अनुसन्धानमा देखिएका कतिपय लक्षण र प्रकृयाहरु सुरक्षाका दृष्टिले बताउन नमिल्ने भएकोले सबैले अनुसन्धानमा साथ दिन आग्रह गर्नु भएको थियो। “सत्यताको नजिक पुग्नेक्रम जारी छ, सकेसम्म दोषी नफुत्कियोस र निर्दोष फसोस भन्ने योजना हो, सोही अनुसार निरन्तर रुपमा अनुसन्धान भइरहेको छ, घटनाबारे यथार्थ छिटै आउने बिश्वास गर्न अनुरोध छ” सूचना अधिकारी कार्कीले पिडितका आफन्त, छिमेकी र स्थानीयहरुलाई धैर्य गर्न आग्रह गर्दै भन्नु भयो।
उक्त जुलुस पुनः फर्केर मृतक इशान शर्माको घरमा पुगी स्थगित गरिएको जुलुसमा सहभागी स्थानीय बिष्णु आचार्यले जानकारी दिनु भएको छ। मृतक इशानको शव पोष्टमार्टमका लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी सूरज कार्कीले जानकारी दिनु भएको छ।

प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.