साथि मरेपछि प्रहरीलाई झुक्याएकाहरु पक्राउ

Picture of suman poudel

suman poudel

दुलेगौँडा । तनहुँ प्रहरीले गत आईतबार म्याग्दे गाउँपालिका ६ अकलामा एक युवा घाँस काट्न रुखमा चढेका बेला करेन्ट लागेर मृत्यु भएको सुचना सवै सञ्चारमाध्यम र पत्रकारलाई पठाएको थियो । प्रहरीले पठाएको सुचना अनुसार जिल्लाभरका सञ्चार माध्यमले समाचार प्रकाशन गरेपनि यथार्थ कुरा भने बुधबार मात्र बाहिरीएको छ । उक्त घटनाका विषयमा प्रहरी सहित जिल्लाका पत्रकारहरु समेत झुक्किएको पाइएको छ । प्रहरीले घटना संकास्पद रहेको भन्दै अनुसन्धान गरेपछि मृत्यु भएका युवाको घाँस काट्ने क्रममा नभई अवैध रुपमा खोलामा माछा मार्ने क्रममा ज्यान गएको खुलेको हो ।

स्थानीयको गलत जानकारी दिएकै कारण प्रहरी झुक्किएको र सोही अनुसारको विवरण बनाई सुचना प्रशारण भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सुचना अधिकारी मोहनबहादुर खाँडले जानकारी दिए । ‘स्थानीयलाई विस्वास गरेर सोही अनुसार टिपोट भयो तर घटना अनुसन्धान गर्दै जादाँ बल्ल थाहा भयो ।’ खाँडले भने, ‘हामीले पुन सच्याएर घटनाको जानकारी पठएका छौँ ।’

उक्त घटनामा संलग्न रहेका अन्य युवाहरु अहिले प्रहरीको नियन्त्रणमा रहेको प्रहरी नायव उपरिक्षक समेत रहेका खाँडले बताए । म्याग्दे गाउँपालिका ६ अकला स्थित म्याग्दे खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा सोही स्थानका २१ बर्षीय विमल थापाको मृत्यु भएको थियो । घटनालाई लुकाउन विषयन्तर गरि रुखमा घाँस काट्ने क्रममा करेन्ट लागेर थापाको मृत्यु भएको बताइएको थियो ।

अनुसन्धानबाट माछा मार्न गएका म्याग्दे ६ का प्रेम कुमार र सन्तोष थापा तथा शुक्लागण्डकी ५ घर भई पसले बस्ने शुसन रानाले घटनाको वास्तविकता लुकाई गल्ति ढाकछोप गर्न प्रयास गरेको पाइएको थियो । प्रहरीलाई उनीलाई पक्राउ गरि ज्यान सम्वन्धि कसुरमा मुद्धा चलाई थप अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.