सैनामैना खानेपानी तथा सरसफाई संस्थाको बाह्रौं साधारण सभा सम्पन्न

Picture of अनिता चाैधरी

अनिता चाैधरी

सैनामैना खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको बाह्रौं साधारण सभा सम्पन्न भएको छ । सैनामैना–१ मा अवस्थित खानेपानी संस्थाको प्रांगणमा शनिबारसंस्थाका अध्यक्ष एक बहादुर क्षेत्रीको अध्यक्षता तथा सैनामैना नगरप्रमुख फणेन्द्र प्रसाद शर्माले प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभामा बोल्दै यस क्षेत्रमा खानेपानी संस्थाले उत्कृष्ट सेवा प्रदान गरेकोमा प्रशंसा गरे ।  भावी पुस्ताका लागि पानीको स्रोतलाई जोगाउन आजैदेखि पानी संरक्षण र दिगो प्रयोगका उपायहरू अपनाउनु अपरिहार्य रहेको धारणा व्यक्त गरे ।
उनले स्वच्छ खानेपानीको सुनिश्चितता बिना सैनामैनाको समृद्धि सम्भव नभएकोले पानीको स्रोत संरक्षण र व्यवस्थापनलाई नगरपालिकाले उच्च प्राथमिकता दिएको बताउँदै पानीको स्रोत जोगाउन सामूहिक जिम्मेवारी भएको उल्लेख गरे ।

सैनमैना–१ का वडा अध्यक्ष भुवन बहादुर क्षेत्रीले सैनामैना खानेपानी खानेपानीले ग्राहकहरुलाई सहज सेवा प्रवाहमा प्रशंसा योग्य काम गर्दै आएकोले थप उपभोक्तामैत्री बनाउन र प्राकृतिक स्रोतको दिगो व्यवस्थापन गर्न आवश्यक रहेको औंल्याए । उनले पानीको उपलब्धता र गुणस्तरमा कुनै कमी आउन नदिन सबै पक्ष गम्भीर हुनुपर्नेमा जोड दिए ।

संस्थाका अध्यक्ष एकबहादुर क्षेत्रीले वार्षिक प्रगति प्रतिवेदन पेश गर्दै सेवाग्राहीलाई स्वच्छ र गुणस्तर पानी सजह र सुलभ बनाउँदै पाइपलाइन मर्मत, टोल विकास संस्थालाई डस्टबिन हस्तान्तरण, सर्वसाधारणका लागि चिसो÷तातो पानी एवम् फिल्टर उद्धाटनका काम सकिएको जानकारी गराए ।
उनले उपभोक्तासँगको अन्तरक्रियालाई बढाउँदै नीति तथा कार्यक्रमलाई सशक्त बनाइएको उल्लेख गरे । संस्थाले उपभोक्तालाई सहज सेवा दिदैँ सामाजिक उत्तरदायित्वका कार्यक्रम अन्र्तगत शक्तिआमा समूहलाई शौचालय हस्तान्तरण गरेको बताउँदै खानेपानीको सेवालाई अझ प्रभावकारी र गुणस्तरीय बनाउन संस्था निरन्तर लागिपरेको बताए ।

कार्यक्रममा खानेपानी तथा उपभोक्ता सरसफाई संस्था लुम्बिनी प्रदेश सचिव शालिग्राम भण्डारी, मुर्गिया खानेपानी तथा सरसफाई संस्थाका अध्यक्ष प्रेम बहादुर बाँनिया, प्राकृतिक चिकित्सालयका उपाध्यक्ष श्यामबहादुर थापाले बोल्दै संस्थाले उपभोक्ताहरुलाई सफा, शुद्घ र स्वस्थ्य पानी उपलब्ध गराउनु दायित्व रहेको धारणा राखे । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत सरसफाइ र स्वास्थ्यलाई जोड्ने कार्यहरू गर्नु सकारात्मक रहेको भन्दै खानेपानीको सेवालाई दिगो बनाउन उपभोक्ताको सक्रियता आवश्यक रहेको औल्याए ।


जग्गादाता र उत्कृष्ट टोललाई सम्मान
साधारण सभाको अवसरमा खानेपानी संस्थालाई जग्गा उपलब्ध गराउने नवयुग युवा क्लब, जनज्योति आमा समूह, जङ्गबहादुर दगामी र सैनामैना पर्रोहा परमेश्वर नमुना विद्यालयलाई सम्मानपत्रले सम्मान गरिएको छ ।
यस्तै सरसफाईमा उत्कृष्ट काम गर्ने टोल विकास संस्थाहरूलाई पनि नगद पुरस्कारसहित सम्मान गरिएको छ । खानेपानी क्षेत्रभित्रका १९ वटा टोल विकास संस्थालाई सरसफाईका लागि रु १०–१० हजार प्रदान गर्नुका साथै उत्कृष्ट चार टोललाई पुरस्कृत गरिएको हो ।
जसमा सुन्दर पथ नमुना टोल विकास संस्था प्रथम हुदैँ नगद ५ हजार प्राप्त गर्न सफल भएको छ भने बुद्ध टोल विकास संस्था द्वितीय, जनहित टोल विकास संस्था तृतीय र सोरौली टोल विकास संस्था सान्त्वना भएको छ । उनीहरुले क्रमश ४ हजार, ३ हजार र २ हजार नगद र सम्मानपत्रद्वारा पुरस्कृत गरिएको हो ।

३ हजार ५ सय ९१ उपभोक्ता संख्या भएको खानेपानीको कार्यक्षेत्र सैनामैना वडा नं १ र २, का करिव १५ हजार जनसंख्या लाभांन्वित भएका छन् । संस्थाले आर्थिक वर्ष २०८१।८२ मा ५ करोड ५ लाख १२ हजार रुपैया आम्दानी गर्न सफल भएको छ ।
संस्थाका कोषाध्यक्ष केशरमणि भण्डारीले आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक तमबहादुर बि.क.ले लेखापरिक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संस्थाका अध्यक्ष एक बहादुर क्षेत्रीको अध्यक्षता उपाध्यक्ष बाबुराम ज्ञवालीको स्वागत तथा सचिव सुशील भण्डारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.