सैनामैना–१ रानीबगीया स्थित सैनामैना पर्राेहा परमेश्वर नमूना माध्यमिक विद्यालयमा कृत्रिम घटना अभ्यास कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाइटी स्विस रेडक्रस तथा युवा रेडक्रस सर्कल सैनामैना माध्यमिक विद्यालयको संयुक्त आयोजनामा सहरी पूर्वतयारी तथा आपत्कालीन प्रतिकार्य प्रवर्द्धन (सुपर) परियोजना अन्तरगत कृत्रिम घटना अभ्यास कार्यक्रम गरिएको हो ।
कार्यक्रमको सुरुवात साइरन बजाएर शिक्षक, विद्यार्थी र अभिभावकहरूलाई पूर्वसूचना प्रदान गर्दै गरिएको थियो, जसले वास्तविक विपद् जस्तै वातावरण सिर्जना गरेको थियो।
भूकम्पको समयमा कक्षाकोठाभित्र सुरक्षित रहनका लागि ‘Duck–Cover–Hold’ (डक्-कभर-होल्ड) अभ्यास, भूकम्पपछि सुरक्षित रूपमा खुला स्थानमा जमघट हुने तरिका, आगलागी नियन्त्रणका आधारभूत विधिहरु, घाइतेलाई प्राथमिक उपचार गर्ने र सुरक्षित स्थानमा सार्ने प्रक्रिया र आपतकालीन टोलीसँग समन्वय गर्ने विधिहरू सिकाइएको थियो ।
प्रत्यक्ष अवलोकन र अभ्यासबाट विद्यार्थीहरूले अत्यन्त उपयोगी र व्यवहारिक ज्ञान र सीप प्राप्त गरेको विद्यालयका शिक्षक नायक गंगा शर्माले बताए ।
विधालय सह-नायक सुनिता लम्सालले कृतिम अभ्यासले विद्यार्थीहरूमा प्रभावकारी, सिकाईमुखी, विपद् व्यवस्थापन क्षमता, समन्वय तथा आकस्मिक अवस्थामा सही निर्णय लिने क्षमता विकास गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे ।
सुपर परियोजना सैनामैनाकी सोनु रेग्मीको सहजीकरणमा कार्यक्रम सप्पन्न भएको थियोे ।






