सैनामैना चिकित्सा केन्द्रमा खानेपानीद्वारा २ लाख बराबरको फिल्टर उद्घाटन

Picture of अनिता चाैधरी

अनिता चाैधरी

सैनामैना खानेपानी उपभोक्ता तथा तथा सरसफाई संस्थाले प्राकृतिक चिकित्सा केन्द्रमा निर्माण गरेको अत्याधुनिक फिल्टरको उद्घाटन गरिएको छ ।
बिरामी र कुरुवाको स्वास्थ्यलाई मध्यनजर गर्दै सैनामैना-१ मा अवस्थित नेपाल सामुदायिक योग तथा प्राकृतिक चिकित्सा केन्द्र सैनामैना-चारपालामा सैनामैना खानेपानीले जडाज गरेको चिसो र तातो पानी सहितको प्रतिघण्टा ३ सय लिटर क्षमताको अत्याधुनिक फिल्टर आइतबार विधिवत रुपमा समउद्घाटन गरिएको हो ।
सैनामैना खानेपानी संस्थाका अध्यक्ष एक बहादुर क्षेत्रीले  संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत चिकित्सालयमा करिब २ लाख रुपैयाँ बराबरको फिल्टर जडान गरिएको बताए ।
चिकित्सा केन्द्रमा उपचारत बिरामीहरूलाई आवश्यक पर्ने शुद्ध खानेपानी र आवश्यकता अनुसार चिसो तथा तातोपानी खाना मिल्ने गरी अत्याधुनिक फिल्टर निर्माण गरिएको बताउदै यसले सबैलाई सहज हुने विश्वास व्यक्त गरे ।
प्राकृतिक चिकित्सा केन्द्रका अध्यक्ष चित्र बहादुर कार्कीले सैनामैना खानेपानी संस्थाले स्वचालित पानी शुद्धीकरण गर्ने उपकरण प्रदान गरि सहयोग गरेकोमा धन्यवाद ज्ञापन गरे। उनले केन्द्रमा उपचार गरिरहेका बिरामी र कुरुवाहरुलाई आवश्यक पर्ने चिसो, तातो र शुद्धपानी पिउन निकै उपयोगी हुने बताए ।
नेपालमा प्राकृतिक चिकित्सा क्षेत्रमा गुणस्तरीय सेवा दिन प्राविधिक जनशक्ति, उपकरण, व्यवस्थापन, भौतिक साधन र स्रोतले सैनामैना प्राकृतिक चिकित्सा केन्द्र सक्षम भएको छ,” अध्यक्ष कार्कीले भने। उनले स्वचालित पानी शुद्धीकरण गर्ने फिल्टर संस्थाद्वारा फिल्टर संरक्षण, मर्मत, सधैभरि उपयोग गर्नेछौं” भन्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा सैनामैना खानेपानी तथा प्राकृतिक चिकित्सा केन्द्रका पदाधिकारी सदस्यहरुको उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.