बुद्ध स्कुलमा बीमा कार्यक्रम प्रभावकारी बन्दै

Picture of अनिता चाैधरी

अनिता चाैधरी

सैनामैना–७ देउवापार स्थित बुद्ध इङलिस स्कुलले विद्यार्थीहरूलाई सुरक्षित भविष्य दिने उद्देश्यका साथ लागू गरेको बीमा योजना कार्यक्रमको प्रभावकारिता देखिएको छ ।
विद्यालयले शैक्षिक सत्रको सुरुमै घोषणा गरेअनुसार सिद्धार्थ प्रिमियम इन्स्योरेन्ससँगको सहकार्यमा लागू गरिएको बीमा कार्यक्रम शिक्षासँगै विद्यार्थी र कर्मचारीको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्ने महत्वपूर्ण प्रयास बनेको छ ।
विद्यालयले लागू गरेको बिमा योजनाअन्तर्गत चोटपटक र बिरामी भएर उपचाररत दुई विद्यार्थीलाई मङ्गलबार बीमा बापतको रकम हस्तान्त्रण गरिएको छ ।
विद्यालयमा कक्षा २ मा अध्ययनरत अभिषेक गौतमलाई १० हजार १ सय, युकेजीका शोमिक बि.क.लाई ९ हजार ३ सय रुपैयाँ प्रदान गरिएको विद्यालयका प्राचार्य लेखनाथ गैरेले जानकारी गराउनुभयो ।
बीमा योजना विद्यालय वा विद्यालयबाहिर जहाँसुकै चोटपटक वा बिरामी भएपनि उपचार खर्च बेहोर्ने गरी योजना लागु गरिएको जानकारी गराउँदै उहाँले विद्यार्थीको शिक्षा मात्र नभई स्वास्थ्य र जीवन सुरक्षामा पनि विद्यालयले विशेष ध्यान दिएको बताउनुभयो । अभिभावकले आफ्ना बालबालिकालाई विद्यालय पठाउँदा ढुक्क महसुस गर्न सकून् भन्नेले उद्देश्यले बिमा कार्यक्रम लागु गरिएको उल्लेख गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खिमराज पोख्रेले रकम हस्तान्त्रण गर्दै विद्याथीहरुलाई आकस्मिक स्वास्थ्य जोखिममा पर्दा अभिभावकलाई आर्थिक भार कम गर्न बिमा कार्यक्रम प्रभावकारी बनेको बताउनुभयो । बुद्ध स्कुलले शिक्षा र सुरक्षालाई एकैसाथ प्राथमिकता दिएर अगाडी बढेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.