लैङ्गिक हिंसा तथा मानव बेचबिखन विरुद्ध सैनामैनामा अभिमुखीकरण सम्पन्न

Picture of अनिता चाैधरी

अनिता चाैधरी

सैनामैनास् लैङ्गिक हिंसा विरुद्धको १६ दिने राष्ट्रिय अभियानको अवसर पारेर सैनामैना नगरपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा लैङ्गिक हिंसा तथा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको  एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा माइती नेपाल, रुपन्देहीकी संयोजक माया क्षेत्रीले लैङ्गिक हिंसा र मानव बेचबिखनका वर्तमान अवस्था, चुनौती र रोकथामका उपायहरू समेटिएको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रममा बोल्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्र प्रसाद शर्माले हिंसाको अन्त्य घरबाटै हुनुपर्नेमा जोड दिनुभयो। उहाँले प्रविधिको सही प्रयोग गर्नुपर्ने बताउँदै पछिल्लो समय प्रविधिको दुरुपयोग बढेको औँल्याउनुभयो।

“सहज र सरल प्रविधिको सही प्रयोग गर्नुपर्छ। प्रविधिको गलत प्रयोगले लैङ्गिक हिंसा, बेचबिखन र अपराधका घटना बढ्दो रहेकाले त्यसतर्फ सबै सचेत बन्नुपर्छ”,प्रमुख शर्माले भन्नुभयो।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनीले लिङ्गका रूपमा हुने हिंसाको अन्त्यका लागि घरपरिवार र समाजबाटै पहल गर्नुपर्ने बताउनुभयो। उहाँले पालिकामा सुरक्षित आप्रवासन ९सामी० कार्यक्रम सञ्चालनमा रहेको जानकारी दिँदै अब समुदायमा मनोसामाजिक परामर्श र वित्तीय साक्षरता प्रदान गरिने बताउनुभयो।


सैनामैना नगरपालिका–९ का निर्वतमान् वडा अध्यक्ष एवं सामाजिक अभियन्ता डोलराज भण्डारीले वैदेशिक रोजगारका क्रममा विभिन्न समस्या भोगिरहेका नागरिकहरूको उद्धार गर्दै आएको अनुभव सुनाउनुभयो । उहाँले वैदेशिक रोजगारमा जाँदा आवश्यक सल्लाह, परामर्श र कानुनी प्रक्रिया नअपनाउँदा समस्या भोग्नुपरेको उल्लेख गर्दै सिपमूलक तालिम र सचेतना कार्यक्रम पालिकाले गर्नुपर्ने सुझाव दिनुभयो ।

सैनामैना नगरपालिकाका उपप्रमुख विना रानाको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको सञ्चालन महिला तथा बालबालिका शाखा प्रमुख तुल्सा ज्ञवालीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.