लायन जीवन घिमिरेद्वारा जन्मदिनमा विपन्न परिवारलाई न्यानो कपडा प्रदान

Picture of खबर परिबेश

खबर परिबेश

प्रदिप ज्ञवाली
सैनामैनामा रहेको लायन्स क्लव अफ सैनामैना मलमलाका अध्यक्ष जीवन घिमिरेले शुक्रवार न्यानो कपडा वितरण गर्नुभएको छ । आफ्नो जन्मदिनको अवसर र लायन्सको वार्षिक कार्ययोजना अनुसार घिमिरेले न्यानो कपडा वितरण गर्नुभएको हो ।
सैनामैना नगरपालिका अन्तर्गतको वडा नम्बर १० मा पर्ने झिमझिमिया क्षेत्रको विपन्न भेगमा शुक्रबार एक कार्यक्रमका आयोजना गरी न्यानो कपडा वितरण गरिएको हो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेकी सैनामैना नगरपालिकाकी उपप्रमुख बिना रानाले युवाहरूको यस्तै सक्रिय सहभागिता र रचनात्मक सोचले नै समाज परिवर्तन हुने बताउनुभयो ।
यस्तै कार्यक्रममा बोल्दै सैनामैना नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष कृष्णप्रसाद घिमिरेले क्लबले आफ्नो वडालाई छनोट गरी विपन्न भेगमा चिसो माैसममा सहयोग स्वरूप न्यानो कपडा वितरण गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै क्लबका संस्थापक अध्यक्ष समेत रहनुभएका कृष्णप्रसाद शर्माले लायनका सदस्यहरूले आफ्नो गाँस कटाएर समाजमा विभिन्न क्षेत्रमा रचनात्मक कामहरु गर्ने र समाजको परिवर्तन चाहने बताउनुभयो ।
कार्यक्रममा सैनामैना १० झिमझमिया क्षेत्रका करिब ३० घरपरिवारलाई न्यानो कपडा वितरण गरिएको थियो।
अध्यक्ष घिमिरेले आफ्नो जन्मदिनको अवसरमा शुक्रबार पशुपतिमा बाँदरलाई केरा खुवाउनका लागि पच्चीस सय, र रोल्पाका अति विपन्न विरामी बच्चा सिस्टम सुनारलाई औषधि किन्नका लागि तीन हजार पचपन्न रुपैयाँ नेपाल सरकारका पूर्व सचिव भीम उपाध्याय मार्फत प्रदान गर्नुभयो भने रक्तदान जीवन दान भन्दै रक्तसंचार केन्द्र बुटवलमा गई रक्तदान समेत गरेको बताउनु भयो उहाले सैनामैना १० झिमझिमेमा न्यानो कपडा वितरण गर्नुभएको हो ।
कार्यक्रममा क्लबका अध्यक्ष जीवन घिमिरेका अध्यक्षता, सैनामैना नगरपालिकाका उपप्रमुख बिना रानाको प्रमुख अातिथ्यता, सैनामैना नगरपालिका वडा नम्बर १० का अध्यक्ष कृष्णप्रसाद घिमिरे र लायन्स क्लब अफ सैनामैना मलमलाकाका संस्थापक अध्यक्ष कृष्णप्रसाद शर्माको विशिष्ट अतिथ्यता रहेको थियो । कार्यक्रममा सैनामैना ९ का निवर्तमान वडाध्यक्ष तथा सामाजिक अभियान्ता डोलराज भण्डारी , लायन्सका पदाधिकारी , विभिन्न सङ्घसंस्थाका अध्यक्ष एवं प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो।
लायन अर्जुन ज्ञवालीको संयोजन , संस्थापक अध्यक्ष कृष्णप्रसाद शर्माको स्वागत एवं संस्थाका प्रथम उपाध्यक्ष चन्द्र प्रकाश वनको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो।

प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.