ग्यालेक्सी ईङ्गलिस स्कुलमा दीपावली विशेष रङ्गोली निर्माण प्रतियोगिता

Picture of suman poudel

suman poudel

प्रकाश र सत्यको प्रतीक दीपावलीको अवसरमा सैनामैना नगरपालिका वडा नं ४ मा अवस्थित ग्यालेक्सी ईङ्गलिस बोर्डिङ स्कुलले विद्यालय प्रांगणमा एक भव्य रङ्गको “दीपावली विशेष रङ्गोली निर्माण प्रतियोगिता” सम्पन्न गरेको छ।

विद्यार्थीहरूमा सृजनशीलता, सौन्दर्यबोध र सांस्कृतिक चेतना प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो।

प्रतियोगितालाई दुई समूहमा विभाजन गरिएको थियो । जसमा सिनियर समूह तर्फ कक्षा ८, ९, १० र जुनियर समूहतर्फ कक्षा ५, ६, ७ का विधार्थी सहभागी प्रतिस्पर्धात्मक रङ्गोलीहरूमा विद्यार्थीहरूको सिर्जनात्मक प्रतिभा स्पष्ट रूपमा झल्किएको थियो।

शिक्षक बाबुराम खनालले जानकारी गराए अनुसार सिनियरतर्फ कक्षा ९  (भानु समूह) ले प्रथम स्थान हासिल गर्‍यो भने कक्षा ८ (मार्च समूह) द्वितीय हुन सफल भयो। त्यसैगरी, जुनियरतर्फ कक्षा ७ (डायमन्ड समूह) प्रथम र कक्षा ६ द्वितीय स्थान प्राप्त गर्न सफल भएको थियो।


रङ्गोलीहरूको मूल्याङ्कन मधु भट्टराई, मुस्कान थापा र मीना शर्माले गर्नुभएको थियोे ।

विजेता विद्यार्थीहरूलाई पुरस्कार वितरण समारोहमा सञ्चालन समिति अध्यक्ष बाबुराम कंडेल, विद्यालय व्यवस्थापन समिति अध्यक्ष जीवन बन्धु सेवानी, र सह–प्रधानाध्यापक भीम बहादुर थापाले पुरस्कृत गर्नुभएको थियो।

सञ्चालन समिति अध्यक्ष बाबुराम कंडेल, विद्यालय व्यवस्थापन समिति अध्यक्ष जीवन बन्धु सेवानीले  पुरस्कार वितरणका क्रममा बोल्दै “दीपावलीको उज्यालोले जस्तै, हाम्रा विद्यार्थीहरूको सिर्जनशीलता विद्यालयको गौरव बनेको बताउनुभयो । रङ्गोलीले केवल कक्षा मात्र होइन, संस्कृतिको उज्यालो पनि फैलाएको छ” भन्ने धारणा व्यक्त गर्नुभएको थियोे ।

सह–प्रधानाध्यापक भीम बहादुर थापाले विद्यार्थीहरूमा सांस्कृतिक गर्व, सौन्दर्यप्रेम र सहकार्यको भावनालाई अझ बलियो बनाएको विश्वास व्यक्त गर्दै कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयो ।

उहाँले ग्यालेक्सी स्कुलले शिक्षालाई केवल किताबी ज्ञानमा सीमित नराखी सांस्कृतिक र सिर्जनात्मक विकासमा समेत जोडेको सन्देश दिएको बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.