नवदीप सहकारी संस्थाको १८ औँ वार्षिक साधारणसभा

Picture of अनिता चाैधरी

अनिता चाैधरी

‘एकका लागि सबै र सबैका लागि एक’ भन्ने मूल उद्देश्यका साथ स्थापित श्री नवदीप बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८ औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष गणेश कुमार खनालको अध्यक्षता तथा सहकारीका संस्थापक अध्यक्ष चित्र बहादुर कार्कीको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो ।
साधारणसभामा वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष गणेश कुमार खनालले सहकारी बचत तथा सुलभ कर्जा प्रदान गर्दै शेयर सदस्यहरूलाई टेवा पु¥याउने नीति अनुसार अघि बढ्दै आएको बताए ।
खनालले सहकारीले गरेका मुख्य कार्यहरूमा सहकारी शिक्षा कार्यक्रम, शेयरसदस्य वृद्धि, अध्ययन अवलोकन भ्रमण, सुत्केरी पोषण खर्च, जेष्ठ शेयर सदस्य सम्मान, उत्कृष्ट अंक ल्याई उर्तिण छोराछोरी सम्मान, र विभिन्न सामाजिक कार्यहरू समावेश रहेको जानकारी दिए ।
अध्यक्ष खनालले पछिल्लो समय केही सहकारी र वित्तीय संस्थाहरूले बचतकर्ताको रकम आर्थिक हिनामिना गरेर भाग्ने गरेको समाचार र समस्याहरू देखिएकोतर्फ शेयरधनीहरूको ध्यानाकर्षण गराए ।
उनले शेयरधनीहरूलाई यस्ता जोखिमबाट बच्नका लागि स्थानीय तहमा स्थापित सहकारीहरूमा मात्र कारोबार गर्न विशेष आग्रह गरे । “बाहिरबाट आई शाखा खोलेर कारोबार गर्ने सहकारीले त्यस खालका आर्थिक हिनामिना गरेर भाग्ने गरेका छन्, त्यसकारण शेयरसदस्यले कारोबार गर्ने संस्था, संचालक, कहाँको हो भनेर बुझेर मात्र लगानी गर्न सुझाव दिए ।
सहकारीका संस्थापक अध्यक्ष चित्र बहादुर कार्कीले देशमा देखिएको राजनीतिक अस्थिरता र नीतिगत अस्पष्टता नै हालको जटिल परिस्थितिको मुख्य कारण रहेको बताए ।
विश्वमा सबैभन्दा सम्पन्न, समृद्ध र शक्तिशाली राष्ट्रको रूपमा चिनलाई लिइने गरेको प्रसंग उठाउँदै चिनको आधुनिक नीतिको उदाहरण दिए । उनले चिनियाँ नीति अगाडि सार्दै भने– “बिरालो कालो भए पनि वा सेतो भए पनि केही फरक पर्दैन, बिरालोले मुसा मार्नुपर्छ ।“
उनले यस उखानमार्फत काम सम्पन्न गर्ने व्यक्तिलाई जिम्मेवारी दिनुपर्नेमा जोड दिए । “चाइनामा अहिले पनि जिम्मेवारी राम्रोसँग पूरा गर्ने मान्छेलाई नै जिम्मा दिइन्छ, जसको कारणले त्यहाँ लक्ष्य र उद्देश्यअनुसार काम हुने गरेको छ उनले स्पष्ट पारे ।
देश विकासका लागि राजनीतिक स्थिरता र कानुनी अस्पष्टता हटाउन सबै पक्ष मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।
कार्कीले नवदीप सहकारीले उत्पादनशीलता वृद्धि, रोजगार सिर्जना र स्थानीय स्रोत परिचालन मार्फत महत्वपूर्ण योगदान पु¥याएको उल्लेख गरे । उनले थपे “सहकारीले केवल बचत र ऋणको कारोबार मात्र नभएर सदस्यहरूको उद्यमशीलता र आत्मनिर्भरता बढाउनमा केन्द्रित हुनुपर्छ ।
कार्यक्रममा सहकारीका पूर्व कार्यवाहक अध्यक्षहरू गोकर्णप्रसाद शर्माले सहकारीले छरिएको सानो पूँजीलाई एकीकृत गरी उत्पादनशील क्षेत्रमा लगानी गरिरहेको उल्लेख गरे । सहकारीले पैसा बचत गर्ने मात्र नभएर सदस्यहरूलाई वित्तीय साक्षरता प्रदान गरेको छ जसले स्थानीय स्तरमा स्वरोजगार सिर्जना गर्न महत्वपूर्ण भूमिका खेलेको बताए ।
सहकारीले बचतको सुरक्षा मात्र होइन, सदस्यहरूको सामाजिक उत्थानमा पनि महत्त्वपूर्ण भूमिका खेल्न सक्छ भन्ने उदाहरण नवदीप सहकारीले दिएको जमुना थापाले बताइन् ।
साधारणसभामा कोषाध्यक्ष राधिका शर्मा जैसीले कोषाध्यक्षको प्रतिवेदन र लेखा समिति संयोजक दिपक भण्डारीले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सम्मान कार्यक्रम
साधारण सभाको अवसरमा जेष्ठ नागरिक सम्मान र कक्षा १२ मा उत्कृष्ट अंक ल्याएर उर्तिण शेयर सदस्यका छोराछोरीलाई सम्मान गरेको छ । ९३ वर्षिय खगेश्वरी न्यौपानेलाई जेष्ठ नागरिक सम्मान गरिएको छ भने १२ कक्षामा ३ दशमलव ७० अंक ल्याउने अनिश आचार्य र  ३ दशमलव ११ अंकका साथ उर्तिण हुने बन्दना भट्टराईलाई नगद तथा सम्मान पत्रले सम्मान गरिएको हो ।
संस्थाका उपाध्यक्ष प्रकाश न्यौपानेको स्वागत मन्तव्य तथा सचिव दिपेन्द्र ढकालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.