सैनामैना रोटरीद्वारा जनचेतना माविमा २१ थान कम्प्युटर हस्तान्तरण

Picture of खबर परिबेश

खबर परिबेश

रोटरी क्लव अफ सैनामैनाले सैनामैना–८ बाँसगढीमा रहेको जनचेतना माध्यमिक विद्यालयमा कम्प्युटर ल्याबको समुद्घाटन गरी महत्वपूर्ण सामग्री हस्तान्तरण गरेको छ ।
रोटरी क्लव अफ सैनामैनाका अध्यक्ष भोजराज पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विद्यालयलाई २१ थान कम्प्युटर र डिजिटल बोर्ड विद्यालयका प्रधानाध्यापक कमल बेलबासेलाई हस्तान्तरण गरिएको हो ।
कम्प्युटर हस्तान्तरण कार्यक्रममा बोल्दै रोटरी डिष्ट्रिक्ट ३२९२ का गभर्नर विनोद कोइरालाले कम्प्युटर ल्याबबाट विद्यार्थीहरूको अतिरिक्त क्षमता विकास हुने र उनीहरूको पढाइमा सहयोग पुग्ने उद्देश्यले सामग्री हस्तान्तरण गरिएको बताए । उनले प्रविधिले विद्यार्थीहरूसँगै शिक्षकहरूको सिकाइ क्षमता बढाउन पनि सहयोग पु¥याउने विश्वास व्यक्त गरे ।
गभर्नर कोइरालाले थपे–“ल्याबका कारण विद्यार्थीहरूको सिर्जनशीलता बढ्नेछ र आइटी प्रविधिको सही प्रयोगले उनीहरूको नतिजामा सुधार आउनुका साथै शैक्षिक गुणस्तर बढ्नेछ । विद्यार्थीहरू मात्र नभएर शिक्षकहरूले पनि यसको प्रयोग गरेर आफ्नो शिक्षण क्रियाकलापलाई थप प्रभावकारी बनाउन मदत पुग्नेछ ।“
रोटरी क्लव अफ सैनामैनाका अध्यक्ष भोजराज पौडेलले जनचेतना माध्यमिक विद्यालयको आवश्यकतालाई मध्यनजर गर्दै कम्प्युटर र डिजिटल बोर्ड प्रदान गरिएको बताए । उनले यस प्रकारका शैक्षिक सहयोग कार्यक्रम आगामी दिनमा पनि निरन्तर दिने प्रतिबद्धता गरे ।
सैनामैना नगरपालिकाका शिक्षा शाखा प्रमुख टिकाराम शर्माले सूचना तथा सञ्चार प्रविधि (ICT) को प्रयोगमा चुनौतीसँगै सम्भावना दुवै रहेको औँल्याए ।
शर्माले भने–“एकातर्फ प्रविधिको प्रयोगबिना हाम्रा विद्यार्थीले संसारसँग प्रतिस्पर्धा गर्न सक्दैनन् । तर अर्कोतर्फ अहिले विद्यार्थीले उत्तर लेखेर ल्याउँदा आफ्नै क्रियटिभिटीबाट लेख्यो कि एआई (Chat-Gpt) बाट भन्ने छुट्याउन समस्या भएको छ, जसको कारण पछिल्लो समय विद्यार्थीहरूमा सिर्जनशीलता हराउँदै गएको महसुस भएको छ ।“ उनले प्रविधिको सही सदुपयोग गर्न विद्यार्थी, शिक्षक र विद्यालयलाई आग्रह गरे ।
क्लब चार्टर्ड पे्रसिडेन्ट मिनप्रसाद पौडेलले बोल्दै विद्यालयको शैक्षिक गुणस्तर र विद्यार्थीहरूको प्राविधिक ज्ञान बढाउनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
सामग्री ग्रहण गर्दै जनचेतना माध्यमिक विद्यालयका प्रधानाध्यापक कमल बेलबासेले विद्यालयलाई आवश्यक प्रविधि सामग्री उपलब्ध गराएकोमा रोटरी क्लव अफ सैनामैनाप्रति आभार प्रकट गरे ।
कार्यक्रममा रोटरी क्लव अफ सैनामैनाका पूर्व अध्यक्ष प्रेमकुमार शर्माको स्वागत, निर्वामान् अध्यक्ष धर्म न्यौपानेको संयोजन तथा पूर्व अध्यक्ष माधव खनालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.