बुद्ध स्कुलमा विद्यार्थी तथा अभिभावकलाई अभिमुखीकरण

Picture of खबर परिबेश

खबर परिबेश

सैनामैना–७, देउवापारमा अवस्थित बुद्ध इङलिस स्कुलमा ट्राफिक सचेतना र लागू पदार्थ दुरुपयोग रोकथाम सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
विद्यार्थीहरूलाई भविष्यमा सुरक्षित, सचेत र जिम्मेवार नागरिक बनाउने उद्देश्यका साथ सोमबार कक्षा ८, ९ र १० का विद्यार्थी तथा अभिभावकलाई सचेतनामूलक कार्यक्रम गरिएको हो ।
कार्यक्रमका प्रमुख प्रशिक्षक इलाका प्रहरी कार्यालय सालझण्डीका प्रमुख सागर घलेले सहभागी विद्यार्थी तथा अभिभावकहरूलाई ट्राफिक नियमहरूको पालना, सडकमा हिँड्दा वा सवारी चलाउँदा अपनाउनुपर्ने सावधानीहरू, र दुर्घटनाबाट जोगिने उपायहरू, अभिभावकहरूले आफ्ना बालबालिकालाई सुरक्षित यात्राका लागि कसरी सिकाउने र विद्यार्थीहरू आफैं कसरी सचेत हुने भन्ने विषयमा जानकारी गराउनुभयो ।
लागू पदार्थ सेवनबाट हुने शारीरिक, मानसिक र सामाजिक क्षतिहरूबारे सचेत गराउँदै कुलतबाट बच्ने उपायहरू, समस्यामा परेका व्यक्तिहरूलाई सहयोग गर्ने तरिकाहरू र यसको नियन्त्रणमा समुदाय र प्रहरीको भूमिकाबारे स्पष्ट पार्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खिमराज पोखरेलले यस प्रकारका कार्यक्रमहरूले विद्यार्थीको जीवनलाई सही दिशा दिन मद्दत गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो– विद्यार्थीहरूलाई पढाइमा मात्र उत्कृष्ट बनाएर मात्र हदैन उनीहरूलाई नैतिक संस्कार र जिम्मेवार नागरिक बनाउनु विद्यालय र अभिभावकको भुमिका उत्तिकै छ । त्यसकारण लागू पदार्थको जोखिम र सडक सुरक्षा जस्ता महत्वपूर्ण विषयमा सचेतना फैलाउनु आजको आवश्यकता रहेको छ ।
विद्यालयका प्राचार्य लेखनाथ गैरेले बुद्ध स्कुलले सधैँ विद्यार्थीको शैक्षिक र नैतिक विकासलाई प्राथमिकता दिने गरेको बताउनुभयो । लागू पदार्थको दुरुपयोग वा अन्य जोखिमपूर्ण गतिविधिबाट बालबालिकालाई जोगाउन अभिभावकको भूमिका निर्णायक हुने बताउनुभयो । उहाँले भन्नुभयो–अभिभावकहरूले आफ्ना बालबालिकाको पढाई र अन्य गतिविधिबारे नजिकबाट निगरानी गर्नुपर्छ । उनीहरू कहाँ जान्छन्, कोसँग संगत गर्छन्, र उनीहरूको व्यवहारमा अचानक कुनै परिवर्तन आएको छ कि छैन भन्नेमा ध्यान दिन जरुरी छ ।
सैनामैना नगरपालिका वडा नं.–७ र स्विस रेडक्रस शहरी पूर्वतयारी तथा आपतकालिन प्रतिकार्य प्रबर्धन परियोजनाको समन्वयमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.