विद्युतीय व्यवसायी संघ, सैनामैना–कञ्चन गाउँ नगर समितिको अध्यक्षमा आठौं वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले शालिकराम खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
निर्वाचन समितिका संयोजक लक्ष्मण भ¤राईका अनुसार समितिको उपाध्यक्षमा विमल पौडेल, सचिवमा तिलक पौडेल र कोषाध्यक्षमा कमला बेल्बासे सर्वसम्मत चयन भएका हुनुभएको छ ।
नवनिर्वाचित कार्यसमिति सदस्यहरूमा माहशर्मा गौतम, लक्ष्मी आचार्य, राजन पाण्डे र हिरालाल विश्वकर्मा रहेका रहनुभएको छ ।
नवनिर्वाचित कार्यसमितिले बुधबार नै पद तथा गोपनियताको शपथ खाएका छन् ।
सो अवसरमा नवनिर्वाचित अध्यक्ष शालिकराम खड्काले व्यवसायीका हकहित र संस्थाले अगाडि सारेका योजनाहरूलाई पूरा गर्दै उच्च र रचनात्मक कार्यहरू मार्फत अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
साधारण सभा संस्थाका अध्यक्ष कमल ज्ञवालीले सैनामैना र कञ्चन क्षेत्रभित्रका ५३ जना विद्युतीय व्यवसायीहरूको हकहितका लागि संस्थाले कार्य गर्दै आइरहेको बताउनुभयो ।
संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै उहाँले संघमा व्यवसायी एकताबद्ध भई व्यावसायिक चुनौती, अवसर र योजनाका कार्यक्रमहरूका साथै सामाजिक काममा गरिएको जानकारी दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि रुपन्देही विद्युतीय व्यवसायी संघका अध्यक्ष शान्ताराज खरालले नयाँ नेतृत्वलाई व्यवसायको हकहितका लागि आवश्यक पर्दा आफ्नो पसल–व्यवसाय बन्द गरेरै पनि योगदान दिन तयार रहन जोड दिनुभयो।
उहाँले संघ केवल आर्थिक संकलन र सदस्य व्यवस्थापनमा मात्र सीमित नभएर वृहत् सामाजिक उत्तरदायित्व बहन गर्न पनि उत्तिकै जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।
विद्युतीय व्यवसायलाई ’अरूको घरमा उज्यालो बनाउने जोखिमपूर्ण व्यवसाय’ का रूपमा चित्रण गर्दै यसमा संलग्न व्यवसायीहरूको सुरक्षा र हितका लागि संघको भूमिका अपरिहार्य रहेको बताउनुभयो ।
उहाँले नयाँ कार्यसमितिलाई व्यवसायीहरूको हकहित, सरकारी नीति नियममा सुधार र समाजसेवाका लागि थप रचनात्मक कार्य गर्दै संघको गरिमा बढाउन पनि आह्वान गर्नुभयो ।
रुपन्देही विद्युतीय व्यवसायी संघका सल्लाहकार लक्ष्मण प्रसाद भट्टराईले संघको नयाँ नेतृत्वले सबै व्यवसायीलाई एक ढिक्का बनाएर लैजानुपर्ने र व्यावसायिक एकता नै सबै समस्याहरूको समाधान रहेको उहाँले स्पष्ट पार्नुभयो ।


रुपन्देही विद्युतीय व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष केशव कुमार सिंह र प्रथम उपाध्यक्ष सूर्य कुँवर र विद्युतीय व्यवसायी सैनामैना र कञ्चनका संस्थापक अध्यक्ष परिश्वर श्रेष्ठ, निवर्तमान अध्यक्ष जिवन पौडेलले व्यावसायिक एकता, हकहित र संघको सुदृढीकरणमा जोड दिनुभयो ।
सैनामैना–२ बबारी पार्टीप्यालेसमा सम्पन्न साधारणसभा तथा अधिवेशनमा विद्युतीय व्यावसायिहरुको उपस्थिति रहेको कार्यक्रमको संचालन सचिव विमल पौडेलले गर्नुभएको थियो ।







