प्याबसन सैनामैनाद्वारा आयोजित नगरस्तरीय लोक नृत्य प्रतियोगितामा न्यु एकेडेमी प्रथम

Picture of अनिता चाैधरी

अनिता चाैधरी

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याबसन) सैनामैना नगर समितिको आयोजनामा नगरस्तरीय लोक नृत्य प्रतियोगिता सम्पन्न भएको छ । स्थानीय कला र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले आयोजित उक्त प्रतियोगितामा सैनामैना नगरपालिकाभित्रका पाँचवटा विद्यालयले सहभागिता जनाएका थिए ।
प्रतियोगितामा न्यु एकेडेमी इंग्लिस बोर्डिङ स्कुलले उत्कृष्ट प्रस्तुतिसहित प्रथम स्थान हासिल गर्दै नगद ५ हजार, सिल्ड, मेडल र प्रमाण–पत्र प्राप्त गरेको छ । सिद्धार्थ मेमोरियल एकेडेमी द्वितीय र रामापुर रिभाइभल इङ्लिस बोर्डिङ स्कुल तृतीय स्थान हासिल गरेको छ । द्वितीय र तृतीय हुने विद्यालयले क्रमश ः नगद ३ हजार, २ हजार, सिल्ड, मेडल र प्रमाण–पत्र प्राप्त गरेको छन् ।
सैनामैना–२ न्यू एकेडेमी इंग्लिस बोर्डिङ स्कुलमा सम्पन्न प्रतियोगितामा प्रथम स्थान हासिल गरेको न्यु एकेडेमी स्कुलले अब जिल्लास्तरीय लोक नृत्य प्रतियोगिताका लागि सिधै छनोट पाएको सचिब मेघराज अर्यालले जानकारी गराए ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याबसन) सैनामैनाका अध्यक्ष टोपलाल भ¤राईले निजी विद्यालयहरूले शैक्षिक उन्नयनका साथै विद्यार्थीहरूको अतिरिक्त क्रियाकलाप र सांस्कृतिक विकासमा पनि उत्तिकै ध्यान दिएको बताए ।
यस खालका प्रतियोगिताले विद्यार्थीहरूमा लुकेको प्रतिभा उजागर गर्न मद्दत पुर्याएको भन्दै अध्यक्ष भ¤राईलले विजयी टिमलाई शुभकामना दिदैँ सैनामैना नगरको प्रतिनिधित्व गर्दै जिल्लास्तरमा पनि उत्कृष्ट नतिजा ल्याउनेमा विश्वस्त रहेको बताए ।
कार्यक्रममा सद्धार्थ मेमोरियल एकेडेमीका प्राचार्य भोजराज पौडेल, रामापुर रिभाइभल इङ्लिस बोर्डिङ स्कुलका प्राचार्य कृष्ण प्रसाद शर्मा, प्रभात इङ्लिस बोर्डिङ सेकेण्डरीका प्राचार्य अनन्तराम शर्मा, लिटिल वर्डस् इङ्लिस बोर्डिङका प्राचार्य धर्मराज घिमिरे, रुपन्देही मोर्डन इङ्लिस बोर्डिङ स्कूलका प्राचार्य जेएन पाण्डेको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.