नेपाली कांग्रेसको ‘सुधार अभियान अन्डर ४०’ सैनामैना नगर सभापतिमा भानु थापा मनोनित हुनुभएको छ। थापाको मनोनयनले यस क्षेत्रमा युवाहरूलाई राजनीतिमा जोड्ने र नेतृत्व विकास गर्ने लक्ष्य लिएको छ।
सभापतिमा मनोनित भएपछि थापाले यस क्षेत्रमा विशेषगरी युवाहरूको साथ र सहयोग लाई प्राथमिकता दिने बताउनुभयो। उहाँले युवाहरूलाई राजनीतिमा लाग्न प्रेरित गर्दै भन्नुभयो, “युवाले नै राजनीतिमा अवसर मात्रै होइन, परिवर्तनको पनि साँच्ची बन्नुपर्छ।”
थापाले आगामी नेपाली कांग्रेसको महाधिवेशनमा युवाको स्थान सुरक्षित गर्न आफूले तत्परता देखाएर लाग्ने कुरा समेत व्यक्त गर्नुभएको छ।






