लायन्स मलमलाको वक्तृत्वकला: सैनामैना मेमोरियलकी पार्सा खत्री प्रथम

Picture of अनिता चाैधरी

अनिता चाैधरी

लायन्स क्लब अफ सैनामैना मलमलाको आयोजना तथा बुद्ध इंग्लिस स्कूलको समन्वयमा ’डिजिटल शिक्षाः सम्भावना र चुनौती’ विषयक अन्तर विद्यालय नगर स्तरीय वक्तृत्वकला प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ ।
सैनामैना नगरपालिकाभित्रका २१ विद्यालयको सहभागिता रहेको उक्त प्रतियोगितामा विद्यार्थीहरूले आधुनिक शिक्षा प्रणाली र प्रविधिका विषयमा आफ्ना तार्किक विचारहरू प्रस्तुत गरेका थिए ।
प्रतियोगितामा कडा प्रतिस्पर्धाका बीच सैनामैना मेमोरियल स्कूलकी छात्रा पार्सा खत्री प्रथम हुन सफल भइन् । प्रथम पार्सा खत्रीले २ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र, द्वितीय रामापुर माध्यमिक विद्यालयकी दीक्षा पोख्रेलले १५ सय नगद, ट्रफी, मेडल र प्रमाणपत्र तृतीय प्रभात इंग्लिस बोर्डिङ स्कूलकी कृतिमा उपाध्यायले १ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र र बुद्ध इंग्लिस स्कूलका समीर अधिकारी सान्त्वना हुदै ५ सय नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

कार्यक्रमको उद्घाटन गर्दै लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पी नेपालका डिष्ट्रिक सेक्रेटरी एम.जे.एफ एम एल पाण्डेले विजयी विद्यार्थीहरुलाई बधाई र सहभागि विद्यार्थीहरूको हौसला बढाउँदै “प्रतियोगितामा थोरै अंकको मात्र तलमाथि भएको हो, यसलाई हारका रूपमा नलिन आग्रह गरे । विद्यार्थीहरूले मन नदुखाई आगामी शैक्षिक गतिविधिमा अझ बढी सक्रियता बढाउन आवश्यकता रहेको जोड दिए ।

लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पी नेपाल, एरिया ४ की एरिया चिफ कोर्डिनेटर प्रविना घिमिरेले लायन्स क्लबले समाजमा सकारात्मक परिवर्तनका लागि विद्यार्थी र युवाहरूलाई लक्षित गरी विभिन्न रचनात्मक कार्यक्रमहरू सञ्चालन गरिरहेको बताइन् । युवा विद्यार्थी राष्ट्रको मेरुदण्ड भएकाले उनीहरूको क्षमता विकास र सामाजिक उत्तरदायित्व अभिवृद्धिमा लायन्सले विशेष ध्यान दिएको उल्लेख गरिन् । “विद्यार्थीहरूलाई सानै उमेरदेखि सिर्जनात्मक क्षमता प्रस्फुटन गर्न शैक्षिक कार्यक्रम महत्वपूर्ण मानिन्छ र लायन्सले गर्ने समाज सेवाको भावना विद्यालय स्तरबाटै सिकाउनु पर्छ। त्यसैले लयान्स क्लब र विद्यालय स्तरका कार्यक्रमहरू मार्फत हामी उनीहरूलाई समाजसँग जोड्ने प्रयास गरिरहेका छौँ” कोर्डिनेटर घिमिरेले भनिन् ।

लायन्स क्लब अफ सैनामैना मलमलाका अध्यक्ष जीवन घिमिरेले क्लबको वार्षिक कार्ययोजना अनुसार विद्यार्थीको सिर्जनशीलता प्रस्फुटन गर्न कार्यक्रम गरिएको बताए । युवा र शैक्षिक क्षेत्रमा गरिने यस्ता लगानीले नै समाज परिवर्तनको आधार तयार पार्छ र विद्यार्थीलाई भविष्यमा अब्बल बनाउन मद्दत पुग्ने बताए ।


कार्यक्रम संयोजक एवं बुद्ध स्कुलका प्राचार्य लेखनाथ गैरेले सैनामैनाका २१ विद्यालयका प्रतिभाहरूले ’डिजिटल शिक्षाः सम्भावना र चुनौती’ शीर्षकमा विद्यार्थीहरुले प्रस्तुत गरेका तर्क प्रविधि र शिक्षाप्रतिको गहिरो बुझाइलाई प्रस्फुटन गरेको बताए ।

कार्यक्रममा बुद्ध इंग्लिस स्कूलका व्यवस्थापन समिति अध्यक्ष खिमराज पोख्रेल, लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पी नेपाल रिजन १० का रिजन चेयर पर्सन सुशीला शर्मा पन्थ, लायन्स क्लब अफ सैनामैना बोलबमका अध्यक्ष सौगात भट्टराई, जनप्रतिनिधि बाल कृष्ण पौडेल, र समाजसेवी भिमकान्त न्यौपाने, क्लबका पूर्वअध्यक्ष शिवराज पोख्रेल लगायतले विजयी विद्यार्थीलाई शुभकामना दिएका थिए । यस किसिमका प्रतियोगिताले विद्यार्थीहरूको आत्मविश्वास बढाउने र भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने कुरामा जोड दिए ।  क्लबका शिवराज पोख्रेल,

प्रतियोगितालाई निष्पक्ष र प्रभावकारी ढङ्गले सम्पन्न गर्न प्राध्यापकद्वय राजेन्द्र कुंवर र गोपाल पन्थी निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कारको सौजन्य बुद्ध स्कुलका अध्यक्ष खिमराज पोख्रेलले गरेका थिए भने कार्यक्रमको संचालन सचिव ज्ञान प्रसाद पाण्डेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.