सुनगाभा पब्लिक स्कूलको २९ औं वार्षिकोत्सव सुरु, सुनगाभा सिङ्गिङ आइडलको फाइनल भोली हुने

Picture of अनिता चाैधरी

अनिता चाैधरी

सैनामैना–३ स्थित सुनगाभा पब्लिक सेकेन्डरी स्कूलको २९ औं वार्षिक उत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमका साथ सुरु भएको छ । विद्यालय स्थापनाको अवसरमा आयोजित तीन दिने उत्सवको पहिलो दिन मंगलबार विद्यार्थीहरूलाई पुरस्कार वितरण तथा विविध सांस्कृतिक प्रस्तुति सहित कार्यक्रमको उद्घाटन गरिएको छ।
वार्षिकोत्सवको पहिलो दिन विद्यालयले नर्सरीदेखि कक्षा ३ सम्मका विद्यार्थीहरूलाई शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा हासिल गरेको उपलब्धि बापत पुरस्कार वितरण गरेको छ ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज गौतमको अध्यक्षता तथा जिल्ला शिक्षा समन्वय एकाई प्रमुख विष्णु पन्थीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि विष्णु पन्थीले सुनगाभा स्कूलले आफूलाई यस क्षेत्रकै अग्रणी विद्यालयको रूपमा स्थापित गरेको बताउनुभयो । उहाँले भन्नुभयो “विद्यालयले विगतका वर्षदेखि नै विद्यार्थीको प्रतिभा र शैक्षिक नतिजामा उत्कृष्टता हासिल गर्दै आएको छ । शिक्षकहरूको क्रियाशीलता र अभिभावकहरूको अपार मायाले नै विद्यालय उत्कृष्ट बनेको हो । आगामी दिनमा पनि शिक्षण सिकाई र नतिजा सुधारमा विद्यालयको थप प्रगतिको शुभकामना व्यक्त गर्दछु  ।“

सैनामैना अभिभावक संघका अध्यक्ष विष्णु प्रसाद पाण्डेले सुनगाभा स्कूलले आफ्नो शैक्षिक उत्कृष्टतालाई राष्ट्रिय स्तरमा समेत पहिचान दिलाउन सफल भएको चर्चा गर्नुभयो । स्थानीय निकायले गर्न नसकेका कतिपय शैक्षिक सुधारका कार्यहरू विद्यालयले गरेको उल्लेख गर्दै उहाँले विद्यार्थी र अभिभावकले उत्कृष्ट विद्यालय चयन गरेकोमा बधाई ज्ञापन गर्नुभयो ।

विद्यालयका शैक्षिक सल्लाहकार कृष्ण पंगेनीले गुणस्तरीय शिक्षा प्रदान गर्दै एसईईमा ४.० जिपिए ल्याउन सफल भई देशभर विद्यालयले छुट्टै पहिचान बनाएको बताउनुभयो । सैनामैनाको शैक्षिक विकास र उन्नयनमा अभिभावकहरूको सक्रिय भूमिकाको उहाँले प्रशंसा गर्नुभयो ।


यस्तै, विद्यालयका प्राचार्य तिलक के.सी. ले सिकाई भनेको कक्षाकोठाको चार पर्खालभित्र मात्र सीमित नहुने बताउनुभयो । उहाँले अतिरिक्त क्रियाकलाप पनि सिकाईको एउटा अभिन्न पाटो भएको उल्लेख गर्दै विद्यार्थीहरूको चौतर्फी विकासमा विद्यालय प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।

तीन दिनसम्म चल्ने वार्षिकोत्सवमा भोली सुनगाभा सिंगि आगामी दिनहरूमा अन्य कक्षाहरूको पुरस्कार वितरण, खेलकुद तथा विशेष सांस्कृतिक कार्यक्रमहरू सञ्चालन हुने विद्यालय प्रशासनले जनाएको छ ।

पहिलो दिनको भव्यतासँगै विद्यालयमा भोलि बुधबार द भ्वाइस अफ रुपन्देही सुनगाभासिङ्गिङ आइडल–रुपन्देहीको फाइनल प्रतिस्पर्धा हुनेछ। यस प्रतियोगितामा रुपन्देहीका विद्यार्थीहरूले आफ्नो गायन प्रतिभा प्रदर्शन गर्नेछन् भने उत्सवको अन्तिम दिन अर्थात् बिहीबार वार्षिकोत्सवको मूल समारोह आयोजना गरिने विद्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.