सुनखानी कृषि सहकारीको आठौं साधारण सभा सम्पन्न

Picture of अनिता चाैधरी

अनिता चाैधरी

सुनखानी कृषि सहकारी संस्था लिमिटेडको आठौं वार्षिक साधारण सभा बुधबार भव्यताका साथ सम्पन्न भएको छ। सैनामैना ४ स्थित पर्रोहा सामुदायिक वनको सभाहलमा आयोजित कार्यक्रममा संस्थाको आगामी कार्ययोजना र आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

साधारण सभामा संस्थाका अध्यक्ष अशोक खड्काले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै बढ्दो सहरीकरणका कारण कृषि पेशाबाट पलायन हुने क्रम बढेकोमा चिन्ता व्यक्त गर्नुभयो। उहाँले दैनिक खाद्यान्नमा समेत परनिर्भर हुनुपर्ने अवस्थाको अन्त्य गर्न सहकारीले ठोस कदम चाल्ने बताउनुभयो।

सहकारीले साना लगानीमार्फत कृषि तथा पशुपालन व्यवसायमा सदस्यहरूलाई प्रोत्साहन गर्ने बताउनुभयो। उहाँले भन्नुभयो-“अब हामी कृषकहरूका लागि आवश्यक उन्नत मल, बीउ, कीटनाशक औषधि र आधुनिक कृषि औजारहरू सुलभ मूल्यमा उपलब्ध गराउने व्यवस्था मिलाउनेछौँ। यसले सदस्यहरूलाई रोजगारी सृजना गर्नुका साथै कृषि पेशालाई मर्यादित बनाउन सहयोग पुग्नेछ।”

कार्यक्रमका प्रमुख अतिथि सप्तऋषि बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मित्र बहादुर ऐ.सी.ले महिलाहरूको सक्रिय सहभागिताले समाजलाई आत्मनिर्भर बनाउन ठूलो भूमिका खेलेको बताउनुभयो। उहाँले सहकारीले सुनखानी पैँचो पसलु सञ्चालन गर्नुपर्नेमा जोड दिँदै भन्नुभयो-” यसलाई सैनामैनाकै नमुना पसल बनाउन सकिन्छ, जसले गर्दा स्थानीयले गुणस्तरीय र सुपथ मूल्यमा खाद्यान्न पाउनेछन् र सहकारीको आर्थिक स्थिति पनि बलियो हुनेछ।”


कार्यक्रममा बोल्दै चौतारी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सावित्रा शर्माले सहकारीहरू बीचको एकता र सहकार्यले मात्रै ग्रामीण अर्थतन्त्र बलियो हुने धारणा राख्नुभयो। उहाँले सदस्यहरूको बचत गर्ने बानीले अप्ठ्यारो पर्दा सहारा दिने र व्यावसायिक विकासमा मद्दत पुग्ने बताउँदै सुनखानी सहकारीको प्रगतिको कामना गर्नुभयो ।

संस्थाकी कोषाध्यक्ष रुपा पोख्रेलले आर्थिक वर्ष २०८१र८२ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो। प्रतिवेदन अनुसार संस्थाको कुल आम्दानी २० लाख ४६ हजार १ सय ८९ रुपैयाँ र कुल खर्च १७ लाख ३६ हजार ६ सय ४४ रुपैयाँ रहेको छ।

यसै अवसरमा रिक्त रहेको सचिव पदमा कमल पाण्डेलाई सर्वसम्मत चयन गरिएको छ।

साधारण सभाको अवसरमा संस्थाका निवर्तमान सचिव गंगाराम पौडेललाई सम्मान–पत्र र मायाको चिनोले विशेष सम्मान गरिएको थियो।
यसै असल बचतकर्ता राम बहादुर ज्ञवाली र काशीराम पोख्रेल, असल ऋणी धनिकला पुरी र बोम बहादुर थापा मगर, उत्कृष्ट बाल बचतकर्ता अनुभव पौडेललाई सम्मान–पत्र र मायाको चिनो प्रदान गरिएको थियो।
संस्थाकी उपाध्यक्ष मञ्जु घिमिरेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन प्रमुख व्यवस्थापक राम बहादुर बानियाँले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.