रुपन्देही विद्युतिय व्यवसायी महासंघका अध्यक्ष दिलिप कुमार अग्रवालले विद्युतिय व्यवसायीहरुले राज्यको कानुन पालना गर्ने, कारोवारको आधारमा कर तिर्ने र गुणस्तरमा कुनै पनि संझौता नगर्ने वताएका छन्।
रुपन्देही विद्युतिय व्यवसायी संघको १४औं वार्षिक साधारणसभा तथा आठौं अधिवेशनमा वोल्दै अध्यक्ष अग्रवालले व्यवसायीका विभिन्न समस्याहरुको समाधान व्यवसायीहरु भित्र रहेको र समाधान गर्न व्यवसायीनै लाग्नु पर्ने वताएका हुन्।
राज्य सञ्चालनको महत्वपूर्ण क्षेत्र अर्थतन्त्र रहेको र उद्योगी-व्यवसायीका समस्या महासंघले राज्यसँग राख्ने र व्यवसायीहरु अधिकारसंगै कर्तव्यमा महत्व दिएमा समाधान हूने धारणा राखे।
खुल्ला सिमाना नजिक रहेको रुपन्देहीमा व्यवसायीहरुले भ्याट विलमै आय-व्ययको कारोबार गर्ने गरेमा समाधान हुने र सरकारसंग आवस्यक पहल महासंघले लिने सुल्झाए।
उद्योग व्यवसायका समस्या समाधान र गुणस्तरका कारण निम्तिन सक्ने दुर्घटनाका लागि महासंघले समस्या केन्द्रित, व्यवहारिक र परिणाममुखी कार्यक्रम ल्याउने आस्वासन दिए।
देशका २२जिल्ला शाखामै रुपन्देही पहिलो हुने गरेकोमा खुसी व्यक्त गर्दै, महासंघको हरेक हिसाबले सपोर्ट रहने आस्वासन दिए।
महासंघले केन्द्र, जिल्ला र गाउँनगरमा एउटै विधि र विधान मार्फत अगाडि बढ्न पहल गरिरहेको वताए।
उनले रूपन्देहीवाटै जिल्लाका संस्थापक अध्यक्ष अनन्तमान थैव केन्द्रीय सल्लाहकार र द्वितीय उपाध्यक्ष तथा प्रोग्राम संयोजक प्रकाश चन्द्र पाण्डे रहेकोले रुपन्देहीले थप प्राथमिकता पाउनेमा विश्वस्त रहेको धारणा राखेका थिए।
रुपन्देहीले सर्वसम्मत नेतृत्व चयन गरेकोमा सम्पुर्ण जिल्ला कमिटी लाई वधाई तथा शुभकामना दिएका थिए।
निवर्तमान अध्यक्ष रेसम देवकोटाले अस्थिर राजनीतिका कारण उद्योग-व्यवसाय र समग्र देशनै समस्यामा पर्ने गरेको र राजनीतिक स्थिरता, पारदर्शिता, आपसी एकता जस्ता विषयमा महत्व दिन आवस्यक रहेको धारणा राखेका थिए।
उनले रुपन्देही देशकै उत्कृष्ट शाखा रहेको र यसको गरिमालाई कायम राख्न रुपन्देही सक्षम रहेको धारणा राखेका थिए।
सर्वसम्मत नेतृत्व चयन गरेकोमा सवै तिर राम्रो सन्देश प्रवाह भएको वताए।
बुटवल उद्योग वाणिज्य संघका महासचिव मुक्ति अधिकारीले ३७ प्रकारका कर तिर्नू परेको र राजस्व कार्यालयबाट भोग्नु परेको सास्ती प्रति लक्षित गर्दै उद्योगी व्यवसायी कर तिर्न मञ्जुर रहेको तर कर्तव्य मात्र खोज्ने नभई अधिकारको सुनिश्चित गर्न तर्फ सरकार र सरोकारवाला लाग्न आवश्यक रहेको धारणा राखेका थिए।
रुपन्देही विद्युतिय व्यवसायी संघका संस्थापक अध्यक्ष , महासंघका सल्लाहकार तथा निर्वाचन संयोजक अनन्तमान थैवले अधिवेशनको प्रसंग उद्धृत गर्दै रुपन्देहीमै महासंघ हाक्न सक्ने जुझारु व्यवसायी रहेकोमा गर्भ लागेको वताए।
महासंघका द्वितीय उपाध्यक्ष तथा पुर्व जिल्ला अध्यक्ष प्रकाश चन्द्र पाण्डेयले महासंघको प्रोग्राम संयोजक रहेको हैसियतले समग्र देश ,जिल्ला कार्यसमिति र हरेक व्यवसायीहरूको व्यवसाय प्रवर्द्धन, क्षमताको विकास जस्ता विषयमा सक्रिय रुपमा लाग्ने र सवै व्यवसायीलाई सोही अनुसार लाग्न आव्हान गरेका थिए।
रुपन्देहीका अध्यक्ष शान्ताराज खराल ( सागर खरेल) को अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सचिव तथा पुर्व अध्यक्ष लोकनाथ पोखरेल,केन्द्रीय सदस्य तथा वाग्मती ईञ्चार्ज दिनेश कुमार जयोन,पोखरा इलेक्ट्रोनिक्स एशोसिएसनका अध्यक्ष केशव ढकाल ,पुर्व अध्यक्ष हरिहर ज्ञवाली,रक्तदाता संघ रुपन्देहीका अध्यक्ष असेश सिलवाल, बुटवल नगर अध्यक्ष वसन्त राना लगायतले वोल्दै उज्यालो फैल्याउने व्यवसायीको भविष्य पनि उज्यालो रहेको भन्दै कार्यकाल पूरा भएको कार्यसमितिलाई वधाई दिदै नवनिर्वाचित कार्यसमितिलाई शुभकामना दिएका थिए।
संघले विभिन्न विधामा सम्मान तथा पुरस्कृत तथा सहयोग गरेको थियो। जसमा प्रगतिका हिसाबले देवदह नगर समिति प्रथम ,तिलोत्तमा नगर समिति द्वितीय र सैनामैना नगर समिति तृतीय स्थान हासिल गरि पुरष्कृत भएका छन्।
त्यस्तै आगलागीबाट क्षति भएका व्यवसायी र मृत्यु भएका व्यवसायीका परिवारलाई आर्थिक सहयोग गरेको छ।
संघले उत्कृष्ट विज्ञापनदाता, असल व्यवसायी, अध्ययनमा उत्कृष्ट सदस्य सन्ततिलाई सम्मान गरेको छ।
संघका वरिष्ठ उपाध्यक्ष केशव कुमार सिंह (सुजित)ले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन महासचिव विष्णु भण्डारीले गरेका थिए।
अधिवेशनले केशव कुमार सिंह(सुजित)को अध्यक्षतामा १६ सदस्सिय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ। जसको वरिष्ठ उपाध्यक्षमा विष्णु भण्डारी, प्रथम उपाध्यक्षमा भिमलाल अधिकारी,द्वितीय उपाध्यक्षमा रमा क्षेत्री, महासचिवमा चिरञ्जिवी गैरे, कोषाध्यक्षमा गणेश पन्त, सचिवमा जिवन प्रसाद उपाध्याय, सहकोषाध्यक्षमा वसन्त देव पौडेल , लेखा समितिको संयोजकमा अनिल सुजन कुंवर तथा सदस्यहरुमा विष्णु प्रसाद पाण्डे,उमाशंकर कुसाहा, अर्जुन भारती,विमल पौडेल, हुमनाथ पराजुली,मिलन अर्याल र विकास जिसी सर्वसम्मत निर्वाचित भएका छन्।
साथै प्रमुख निर्वाचन आयुक्त अनन्तमान थैव , निर्वाचन आयुक्त प्रकाश चन्द्र पाण्डे, निर्वाचन समिति सदस्य लक्ष्मण भट्टराई, संघका कानुनी सल्लाहकार अर्जुन कार्कीले निर्वाचित कार्यसमितिलाई व्यवसाय संगै संघको श्रीबृद्धिमा लाग्ने प्रण सहित सपथ खुवाएका थिए।







