तिनाउ पश्चिम वितरक संघको साधारण सभा

Picture of खबर परिबेश

खबर परिबेश

तिनाउ पश्चिम वितरक संघको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । बुधबार सैनामैना २ बाबारी पार्टी प्यालेसको सभाहलमा संघका अध्यक्ष नरेश न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको हो ।

साधारण सभाको उद्घाटन गर्दै सैनामैना नगरपालिकाका नगर प्रमुख फणेन्द्र प्रसाद शर्माले युवाहरू स्वदेशमै बसेर रोजगारी सिर्जना गर्न सक्ने क्षमता रहेको बताउँदै, तिनाउ पश्चिम वितरक संघले छोटो समयमै गरेको प्रगति प्रशंसनीय भएको बताउनुभयो । “बाल्यकालदेखि नै चिने जानेको आफ्नो शिश्यले आज यो सस्थाको नेतृत्व गरेको देख्दा अत्यन्त खुशी लागेको भन्दै सैनामैनाकै ‘कान्छो संस्था’ भएर पनि संघले छोटो समयमा गरेको काम अत्यन्त प्रभावकारी रहेको बताउनुभयो । प्रमुख अतिथि शर्माले स्थानीय बजार व्यवस्थापन, वितरण प्रणाली र व्यवसायिक पारदर्शितामा संघले सकारात्मक उदाहरण प्रस्तुत गरेको धारणा राख्नुभयो ।May be an image of one or more people, suit, wedding and text

सैनामैना उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण पोखरेल, सैनामैना व्यापार संघका वरिष्ठ उपाध्यक्ष देविदत्त सुवेदी, सैनामैना उपभोक्ता हित संरक्षण मंचका अध्यक्ष दुर्गा गौतम लगायतले वोल्दै संघले सैनामैना क्षेत्र मात्र केन्द्रित नभई छिमेकी पालिका र जिल्लाका व्यवसायीहरुलाई पनि समेट्न सुझाव दिए । उनिहरुले विक्रेतामात्र नभई व्यवसायिक अनुशासन, सेवा विस्तार र उपभोक्ता हित संरक्षणमा पनि भूमिका खेल्न आग्रह गरे ।

यस्तै विभिन्नका प्रतिनिधिहरूले संघसँगको सहकार्य अझ सुदृढ गर्दै वितरण प्रणालीलाई आधुनिक र व्यवस्थित बनाउने प्रतिवद्धता व्यक्त गरे ।
संघका अध्यक्ष नरेश न्यौपानेले गत वर्ष संघले गरेका गतिविधि, उपलब्धि र आगामी वर्षका योजनाबारे विस्तृत प्रतिवेदन प्रस्तुत गर्नुभयो । उहाका अनुसार संघले व्यवसायीहरूको साझा हित संरक्षण, वितरण प्रणालीमा सुधार, तालिम तथा सीप अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने लगायतका वार्षिक कार्यक्रम प्रस्तुत गर्नुभयो ।May be an image of dais and text


कोषाध्यक्ष जयराम पौडेलले संघको आय–व्यय, कोष स्थिती तथा आर्थिक पारदर्शितासम्बन्धी विस्तृत प्रतिवेदन प्रस्तुत गर्दै संघ आर्थिक रूपमा सुदृढ बन्दै गएको जानकारी गराउनुभयो । आर्थिक प्रतिवेदन सभाले सर्वसम्मत रूपमा पारित गरेको थियो ।

संघका उपाध्यक्ष शोभाखर बेल्वासेले प्रमुख अतिथि, प्रतिनिधि र सहभागी सबैलाई स्वागत गर्दै संघले छोटो समयमै सदस्य विस्तार, नियमित छलफल र सहकार्य गर्दै उल्लेख्य सफलता हात पारेको बताउनुभयो ।

संघका महासचिव विक्रम अर्यालले कार्यक्रम सञ्चालन गर्दै संघका गतिविधिलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

दोस्रो वार्षिक साधारण सभाको अवसरमा संघले संस्थाको हक–हित, व्यवसायिक समृद्धि तथा व्यवसायीका हक–हितका पक्षमा निरन्तर कलम चलाएको र संस्थाको प्रचार–प्रसारमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै संघले उपकार अनलाइनका सञ्चालक तथा पत्रकार विमल गैरेलाई नगदसहित सम्मान प्रदान गरेको थियो ।

कार्यक्रममा विभिन्न संघ सस्थाका प्रतिनिधि, कार्यसमिति सदस्य, सल्लाहकार, साधारण सदस्य तथा स्थानीय सरोकारवालाको उल्लेख्य उपस्थिति रहेको थियो ।May be an image of one or more people, dais and text

प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.