सैनामैना माघी खिचडी महोत्सवको पूर्वसन्ध्यामा ५७ युनिट रगत संकलन

Picture of अनिता चाैधरी

अनिता चाैधरी

थारु कल्याणकारीणी सभा सैनामैना नगर समितिको आयोजनामा सुरु हुन लागेको ‘आठौँ सैनामैना माघी खिचडी महोत्सव २०८२’ को पूर्वसन्ध्यामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ। थारु समुदायको महान पर्व माघीको अवसरमा आयोजित तीन दिने महोत्सवको पहिलो दिन ५७ युनिट रगत संकलन गरिएको हो।

रक्तसंचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा सम्पन्न उक्त कार्यक्रममा स्थानीय समाजसेवी तथा रक्तदाताहरूको उत्साहजनक सहभागिता रहेको थियो।

सांस्कृतिक संरक्षण र एकताको सन्देश
थारु कल्याणकारीणी सभाका नगर सभापति दुल बहादुर थारुले थारु समुदायलाई एकताबद्ध बनाउन र एकआपसमा खुसीयाली साटासाट गर्न महोत्सव महत्त्वपूर्ण रहेको बताउनुभयो। उहाँले भन्नुभयो,-“हामीले विगतका वर्षहरूदेखि नै विभिन्न प्रतियोगिता, सम्मान र थारु संस्कृतिको संरक्षणका कार्यक्रमहरू गर्दै आएका छौँ। यस वर्ष पनि सोही परम्परालाई निरन्तरता दिँदै मानवीय सेवाको कार्यबाट महोत्सवको सुरुवात गरेका हौँ। ”

महोत्सवको पहिलो दिन रक्तदानसँगै नगरस्तरीय हाजिरीजावाफ प्रतियोगिता समेत सम्पन्न भएको आयोजकले जनाएको छ।


महोत्सवको दोस्रो दिन अर्थात् भोलि सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्र प्रसाद शर्माको प्रमुख आतिथ्यतामा महोत्सवको औपचारिक उद्घाटन हुने कार्यक्रम रहेको छ। उद्घाटन समारोहमा थारु संस्कृति झल्किने विभिन्न झाँकी तथा सांस्कृतिक प्रस्तुतिहरू रहने आयोजक समितिले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.