देउसी–भैलोको रकमले मानव सेवा आश्रममा भोजन

Picture of अनिता चाैधरी

अनिता चाैधरी

सैनामैना–१ मा स्थापित सैनामैना सांस्कृतिक समूहले यस वर्षको तिहारमा आयोजना गरेको देउसी–भैलो कार्यक्रमबाट सङ्कलित सम्पूर्ण रकम मानव सेवा आश्रम तिलोत्तमा बुटवल शाखामा आश्रित असहायको सेवामा खर्च गरेको छ।
समूहले समाजबाट उठेको रकम समाजकै सेवा र हितमा प्रयोग गर्नुपर्छ भन्ने पवित्र उद्देश्यका साथ आश्रममा आश्रित अनाथ, असहाय, अपाङ्ग तथा विपन्न व्यक्तिहरूलाई खाजा–भोजन खुवाएको हो।
देउसी-भैलो कार्यक्रम केवल मनोरञ्जनका लागि मात्र नभएर समाज सेवाको एउटा माध्यम रहेकाेले संकलित रकम असहाय र विपन्न नागरिक सेवामा उपयोग गर्न पाउदा खुशी लागेको बताए । उनले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
सैनामैना सांस्कृतिक समूहका सक्रिय सदस्यहरूको उपस्थिति रहेको कार्यक्रम संयोजक कमल खड्काले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.