लुम्बिनी साँस्कृतिक नगरपालिकाको नयाँ प्रशासनिक भवनको शिलान्यास

Picture of खबर परिबेश

खबर परिबेश

लुम्बिनी साँस्कृतिक नगरपालिकाको नयाँ प्रशासनिक भवनको विहिवार एक समारोहका बीच शिलान्यास भएको छ ।
लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं ३ लन्कापुरमा रहेको दुई बिघा जग्गामा २५ करोड रुपैया लगानीमा नयाँ प्रशासनिक भवन बनाउन विहिवार शिलान्यास भएको हो ।

भवन निर्माणको शिलान्यास गर्दै लुम्बिनी सांस्कृतिक नगरपालिकाकी ले स्वर्गीय नगरप्रमुख सजरुद्दीन मुसलमानको दुईवटा सपना मध्ये एउटा सपना लुम्बिनीको फोहर व्यवस्थापनको काम पूरा भएको बताउनु भयो । उहाँले नगर प्रमुखको दोश्रो सपना नगरपालिकाको प्रशासनिक भवन आफ्नै कार्यकालमा बनाउने थियो भन्दै उहाँको यो सपना अव आफूहरुले पूरा गर्ने प्रतिवद्धता जनाउनु भयो ।

त्यसैगरी लुम्बिनी सांस्कृतिक नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवालीले नयाँ प्रशासनिक भवन दुई बर्षभित्रैमा सम्पन्न हुने र त्यसका लागि आर्थिक र प्रशासनिक कारणले कुनै समस्या आउन नदिने बताउनुभयो । उहाँले विगत लामो समयदेखि नगरको आफ्नै प्रशासनिक भवन नहुँदा सेवा प्रवाहमा समस्या भैरहेको उल्लेख गर्दै अवको दुई बर्षभित्रैमा नयाँ प्रशासनिक भवन निर्माण भएर तयार हुने र त्यसका लागि आफूहरुले निर्माण पक्षलाई सचेत र जागरुक बनाईने प्रतिवद्धता जनाउनु भयो ।
शिलान्यास कार्यक्रममा स्वर्गीय नगर प्रमुख सजरुद्दीन मुसलमानलाई सम्झिदै नगरपालिकाका प्रवक्ता इना मुल्लाहा फकिरले मेयर साबको सपना आफ्नै प्रशासनिक भवन बनाउने थियो, त्यो सपना अव पूरा हुन लागेको बताउनुभयो । उहाँले अव आउने पुस्ताले स्वर्गीय नगरप्रमुख मुसलमानको योगदानलाई कहिल्यै नबिर्सिने भन्दै नयाँ प्रशासनिक भवन र जग्गा प्राप्तिका लागि नगरपालिकाका कर्मचारीहरुको समेत ठूलो भूमिका रहेको बताउनुभयो ।

भवन निर्माणका लागि एसियाली विकास बैंकको आर्थिक सहयोगमा संघीय सरकारको ७५ प्रतिशत, नगर विकास कोषको १८ प्रतिशत र नगरपालिकाको ७ प्रतिशत आर्थिक तथा प्राविधिक सहयोग रहेको छ । भवन निर्माणका लागि बाबुल एनबी जेभीले ठेक्का पाएको छ ।
प्रशासनिक भवन निर्माणको सम्झौता २०८२ असोज २४ गते भएको थियो । निर्माण कम्पनीले आगामी २०८४ असोज २३ गते भवन निर्माण सम्पन्न गरि नगरपालिकालाई हस्तान्तरण गर्नुपर्ने छ । कार्यक्रममा सहायक शिक्षा अधिकृत प्रमिला पछाई, वडा नंं ३ का वडा अध्यक्ष अकरामुद्दीन नाउ मुसलमान लगायतले बोल्नुभएको थियो ।


प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.