ग्यालेक्सी ई बोर्डिङ स्कुल, सैनामैना–४, रुपन्देहीले विद्यार्थीको सर्वाङ्गीण विकासलाई लक्षित गर्दै मिति २०८२/०९/०१ देखि विद्यालयस्तरीय खेल सप्ताह भव्य रूपमा सुरु गरेको छ।
विद्यालय परिसरमा आयोजित एक कार्यक्रमबीच ब्यानर उडाएर खेल सप्ताहको औपचारिक उद्घाटन गरिएको थियो। उद्घाटन कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक–कर्मचारी तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
खेल सप्ताहअन्तर्गत विद्यार्थीहरूको उमेर र क्षमताअनुसार भलिबल (छात्र तथा छात्रा), १००० मिटर दौड, कृकेट, सटफुट, चम्चा दौड, हिसाब दौड र बेलुन ब्लास्ट जस्ता विविध खेलकुद तथा मनोरञ्जनात्मक प्रतियोगिताहरू समावेश गरिएका छन्।
विद्यालय प्रशासनका अनुसार खेलकुदले विद्यार्थीमा शारीरिक स्फूर्ति मात्र नभई अनुशासन, सहकार्य, नेतृत्व र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्छ। खेल सप्ताहका गतिविधिहरूमा विद्यार्थीहरूले उत्साह र उमङ्गका साथ सहभागिता जनाइरहेका छन्।


खेल सप्ताहका विभिन्न प्रतियोगिताहरू तोकिएको कार्यतालिका अनुसार सञ्चालन हुने र उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई समापन समारोहमा पुरस्कृत गरिने विद्यालयले जनाएको छ।






