ग्यालेक्सी स्कुलमा खेल सप्ताहको दोस्रो दिन उत्साहपूर्ण खेल सम्पन्न

Picture of खबर परिबेश

खबर परिबेश

 

ग्यालेक्सी ई बोर्डिङ स्कुल, सैनामैना–४, रुपन्देहीमा सञ्चालन भइरहेको खेल सप्ताहको दोस्रो दिन विद्यार्थीहरूको उत्साहपूर्ण सहभागिताका बीच विभिन्न खेलकुद प्रतियोगिताहरू सफलतापूर्वक सम्पन्न भएका छन्।

दोस्रो दिन आयोजित खेल कार्यक्रमअन्तर्गत २०० मिटर, ४०० मिटर र ८०० मिटर दौड प्रतियोगिता, लङ जम्प, छात्रातर्फ हाइ जम्प, तीन खुट्टे दौड, चम्चा दौड, हिसाब दौड तथा जुनियरस्तरको कुर्सी दौड सञ्चालन गरिएको थियो।

प्रतियोगिताहरूमा विद्यार्थीहरूले खेल भावना, अनुशासन र आत्मविश्वासका साथ सहभागिता जनाएका थिए। खेल संयोजकका अनुसार सबै खेलहरू निर्धारित तालिकाअनुसार सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएका हुन्।

विद्यालय प्रशासनले खेलकुदले विद्यार्थीको शारीरिक स्फूर्ति, मानसिक एकाग्रता र सहकार्यको भावना विकास गर्ने विश्वास व्यक्त गर्दै खेल सप्ताहका आगामी कार्यक्रमहरू पनि सफलतापूर्वक सम्पन्न हुने जनाएको छ।


प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.