बाँसगढी पिपलडाँडा खानेपानीको अध्यक्षमा भीमकान्त न्यौपाने विजयी

Picture of खबर परिबेश

खबर परिबेश

बाँसगढी पिपलडाँडा खानेपानी तथा सरसफाइ संस्था अन्तर्गत सैनामैना नगरपालिका वडा नं. ७, ८, ९ र ११ तथा कञ्चन गाउँपालिका वडा नं. १, रुपन्देहीको पौष २ गते सम्पन्न निर्वाचनको मतगणना परिणाम सार्वजनिक गरिएको छ।

मतगणनाको अन्तिम नतिजाअनुसार अध्यक्ष पदमा भीमकान्त न्यौपाने विजयी हुनुभएको छ। न्यौपानेले जम्मा ४०४ मत प्राप्त गरी आफ्ना निकटतम प्रतिस्पर्धीहरूलाई पछि पार्नुभएको हो। अध्यक्ष पदका अन्य उम्मेदवारहरूमा अन्जु पाण्डेले ३१३ मत, कृष्ण प्रसाद भट्टराईले २२३ मत, हुमबहादुर रानाले १८८ मत तथा रविलाल न्यौपानेले ६७ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ।

उपाध्यक्ष पदमा सीता पौडेलले ६४३ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँकी प्रतिस्पर्धी दिलमाया सार्कीले २८५ मत प्राप्त गर्नुभएको छ।

सचिव पदतर्फ यदुनाथ ज्ञवालीले ३४३ मत ल्याई विजयी हुनुभएको छ। सो पदमा दधिराम अर्यालले ३२६ मत, सीता ढकालले २३५ मत तथा घनश्याम अर्यालले १७१ मत प्राप्त गर्नुभएको छ।


कोषाध्यक्ष पदमा कमला चौधरीले ४८५ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ। उहाँका प्रतिस्पर्धीहरू सारदा पाण्डेले २५९ मत र सरिता पौडेलले २५० मत प्राप्त गर्नुभएको छ।

सहसचिव पदमा लीला कुमारी थापाले ५४८ मतसहित विजयी हुनुभएको छ। यस पदमा विष्णुबहादुर जी.सी.ले २६३ मत र लोकचन्द्र विष्टले १५० मत प्राप्त गर्नुभएको छ।

निर्वाचनपछि उपकार अनलाइन संग कुरा गर्दै नवनिर्वाचित अध्यक्ष भीमकान्त न्यौपानेले आफूलाई विश्वास गरी मतदान गर्ने सम्पूर्ण खानेपानी उपभोक्ता प्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभयो। उहाँले खानेपानी सेवाको नियमितता, शुद्ध पानीको सुनिश्चितता, स्रोत संरक्षण र संस्थागत पारदर्शितालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाउनुभयो।

नवनिर्वाचित समितिले बाँसगढी पिपलडाँडा क्षेत्रका उपभोक्तालाई सहज, भरपर्दो र दीर्घकालीन खानेपानी सेवा प्रदान गर्ने लक्ष्यसहित कार्य अघि बढाउने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.