रामापुर माविमा शिक्षक-अभिभावक संघ गठन: अध्यक्षमा पिताम्बर ज्ञवाली चयन

Picture of अनिता चाैधरी

अनिता चाैधरी

रामापुर माध्यमिक विद्यालयमा एक विशेष भेलाका बीच शिक्षक(अभिभावक संघ र सामाजिक परीक्षण समिति गठन कार्य सम्पन्न भएको छ।  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु पाण्डेको अध्यक्षता तथा सैनामैना नगरपालिका वडा नं। ६ का वडा अध्यक्ष एवं विद्यालयका सल्लाहकार गोपाल पोखरेलको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो।

अभिभावकहरूको भेलाले पिताम्बर ज्ञवालीको अध्यक्षतामा ११ सदस्यीय शिक्षक(अभिभावक संघ सर्वसम्मत रूपमा चयन गरेको छ। समितिको सदस्यहरूमा शोभाखर पौडेल, मधु ज्ञवाली, जस्मिना भण्डारी, लक्ष्मी खनाल, कमला पौडेल, माधव ज्ञवाली, नन्दराम पोखरेल, गीता घिमिरे र कृष्णप्रसाद पौडेल रहनुभएको छ भने सदस्य सचिवको जिम्मेवारी मेनुका पोखरेलले पाउनुभएको छ।

त्यस्तै, आजै बसेको संघको प्रथम बैठकले पिताम्बर ज्ञवालीकै अध्यक्षतामा सामाजिक परीक्षण समिति लेखा समिति समेत गठन गरेको छ। जसको सदस्य सचिवमा अम्बिका ज्ञवाली र सदस्यहरूमा विष्णुप्रसाद भुसाल, बसन्ता आले केसी, दीपक दगाँसे र झकप्रसाद पोखरेल रहनुभएको छ।

कार्यक्रमका प्रमुख अतिथि एवं वडा अध्यक्ष गोपाल पोखरेलले नवनिर्वाचित समितिलाई बधाई दिँदै विद्यालयको चौतर्फी विकासमा शिक्षक र अभिभावकको समन्वय अपरिहार्य रहेको बताउनुभयो। उहाँले भन्नुभयो— विद्यालय केवल भवन मात्र होइन, यो भविष्य निर्माण गर्ने थलो हो। नवनिर्वाचित समितिले विद्यालयको शैक्षिक गुणस्तर सुधार र भौतिक पूर्वाधार विकासमा पुलको काम गर्दै महत्त्वपूर्ण भूमिका खेल्नेछ भन्ने विश्वास लिएको छु। उहाँले वडा कार्यालयको तर्फबाट विद्यालयलाई सधैं सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु पाण्डेले विद्यालयको आर्थिक पारदर्शिता र शैक्षिक अनुशासन कायम राख्न नयाँ समितिको ठूलो योगदान रहने उल्लेख गर्नुभयो। उहाँले अभिभावकहरूको सक्रियताले नै विद्यालयलाई उत्कृष्ट बनाउन सकिनेमा जोड दिनुभयो।

नवनिर्वाचित अध्यक्ष पिताम्बर ज्ञवालीले आफूलाई सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक निभाउने र विद्यालयको श्रीवृद्धिका लागि सबै पक्षसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो।

प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.