रारामापुर जुरेस./युरेसको आयोजना तथा शहरी पूर्वतयारी तथा आपतकालिन प्रतिकार्य प्रवद्र्धन सुपर परियोजनाको आर्थिक सहयोगमा माध्यमिक तह (९–१२) तथा आधारभूत तह (६–८) अन्तर्गत चित्रकला प्रतियोगिता सम्पन्न गरेको छ ।
चित्रकला प्रतियोगिता कक्षा ९–१२ अन्तर्गत अमृत थारु प्रथम, वादल वि.क. द्वितीय, योगिता ज्ञवालीले तृतीय स्थान हासिल गरेका थिए । त्यसै गरी आधारभूत तह ६–८ अन्तर्गत सिमन पराजुली प्रथम, आशिष कँडेल द्वितीय र सुजाता कार्की तृतीय हुन सफल भएका थिए ।
विद्यँलयका प्रधानाध्यापक कृष्णप्रसाद पौडेलले प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुन सफल विद्यार्थीहरुलाई नगद, प्रमाण पत्र तथा शैक्षिक सामग्री प्रदान गरिएको शिक्षक नायक ज्ञवालीले जानकारी दिनुभयो ।
विद्यालयमा रहेको रामापुर जुरेस./युरेस का अध्यक्ष मनिषा ढकालको अध्यक्षतामा भएको प्रतियोगितामा विद्यालयका प्रधानाध्यापक तथा जुरेस./युरेस संरक्षक कृष्णप्रसाद पौडेलको प्रमुख आतिथ्यता र शिक्षक नायक माधव ज्ञवालीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।






