जनउत्थान सहकारीको २० औँ वार्षिकोत्सब सम्पन्न 

Picture of अनिता चाैधरी

अनिता चाैधरी

जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेड मुर्गिया सेवा केन्द्रले २०औँ वार्षिकोत्सब सम्पन्न भएको छ ।   वित्तीय समाधानका लागि सबैको पहिलो रोजाइ जनउत्थान सहकारी भन्ने नारा सहित अघि बढेको संस्थाले शनिबार वार्षिकोत्सब सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सैनामैना नगरपालिका प्रमुख फडेन्द्र शर्माले सहकारी आफ्ना सदस्यको दैनिकीसङ्ग प्रत्यक्ष रुपमा जोडिनु पर्ने बताउनुभयो ।
यस्तै कार्यक्रममा बोल्दै संस्थाका सल्लाहकार श्याम खरेलले सहकारीले समाजमा सकारात्मक प्रभाव पार्न सफल भएको मा खुशि व्यक्त गर्दै सबैजना सहकारीमा गोलबद्ध हुन आग्रह गर्नुभयो ।
वार्षिकोत्सबको अवसरमा साकोसले खुल्ला सहकारी हाजिरीजवाफ प्रतियोगिता , विद्यार्थीका लागि जनउत्थान छात्रवृत्ति , अधिकतम संरक्षित पुजीकोष ,राम्रो ऋण तथा वचत कारोबार गर्नेहरुलाई सम्मान , समूह सहकारी हाजिरीजवाफ प्रतियोगिता , जेष्ठ सदस्य सम्मान अन्तरगत ६१ जना र अस्थायी प्रहरी चौकी कलौनीलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा सुनागाभा पब्लिक सेकेण्डरी स्कुलका विद्यार्थीले आफ्नो नृत्य प्रस्तुत गरेका थिए । भाग्यशाली चिठ्ठा स्वरुप गोला प्रथाबाट छनोट गरि राइस कुक्कर वितरण गरिएको थियो ।

कार्यक्रममा बोल्दै सेवा केन्द्र सैनामैनाकी संयोजक लिला कुमारी थापाले सहकारीले राष्ट्रिय रुपमा मात्र नभएर अन्तराष्टिय रुपमा पनि उत्कृष्ट भई मेडलहरु जित्न सफल भएको बताउनुभयो ।
कार्यक्रम सेवा केन्द्र सैनामैनाकी संयोजक लिला कुमारी थापाको अध्यक्षता ,सैनामैना नगरपालिका प्रमुख फडेन्द्र शर्माको प्रमुख आतिथ्यतामा भएको हो । सेवा केन्द्र संयोजक लिला कुमारी थापाले कार्यक्रम माथि प्रकाश पार्दै अतिथि एवम उपस्थितलाई स्वागत गर्नुभएको थियो भने सञ्चालन सञ्चालक उपसमिति सदस्य रिता भुसालले गर्नुभएको हो । कार्यक्रम सैनामैना ६ कलौनीमा रहेको कालमोचन सिवालय मन्दिर प्राङ्गणमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.