रुपन्देही जिल्लाभरिका विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको गायन प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजित ’द भ्वाइस अफ रुपन्देही सुनगाभा सिङ्गिङ आइडल’ को दोस्रो संस्करणको फाइनल प्रतिष्पर्धा भोलि बुधबार हुने भएको छ । सुनगाभा पब्लिक सेकेन्डरी स्कूलको २९ औं वार्षिकोत्सवको अवसरमा सुनगाभा भूपू विद्यार्थी मञ्चले सिङ्गिङ प्रतियोगिता आयोजना गरेको हो ।
जिल्लास्तरीय प्रतियोगितामा रुपन्देहीका ६२ वटा सामुदायिक तथा संस्थागत विद्यालयका ९० जना विद्यार्थीहरूले सहभागिता जनाएका थिए । विभिन्न चरणको कडा प्रतिस्पर्धापछि भोलि हुने फाइनलका लागि १० जना प्रतिभावान विद्यार्थीहरू छनोट भएका थिए । ।
मञ्चका सचीव मनिष गौतमका अनुसार युवा प्रतिभाहरूलाई मञ्च प्रदान गरी उनीहरूको आत्मविश्वास, कला र पहिचानलाई प्रवद्र्धन गर्ने लक्ष्यका साथ प्रतियोगितामा अभियान सुरु गरिएको हो ।
कार्यक्रम संयोजक सुशिलआचार्यले छनोट प्रक्रियाबारे जानकारी दिँदै डिजिटल अडिसनबाट ५१ जना, दोस्रो चरणमा ३० जना, तेस्रो चरणमा २० जना र चौथो चरण एंव सेमिफाइनलबाट १५ जना प्रतिस्पार्धामा सहभागी १० जना फाइनल प्रवेश गरेको बताउनुभयो । फाइनलमा पुगेका १० प्रतियोगीहरूलाई थप निखार ल्याउन रगंश्री संगीतालयबाट विशेष संगीत तालिम समेत प्रदान गरिएकोआचार्यले जानकारी दिनुभयो ।


प्रतियोगितामा विजयी हुने प्रतिभाहरूका लागि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताको विजेतालाई नगद २५ हजार, ट्रफी, प्रमाण–पत्र र आकर्षक पुरस्कार, फस्र्ट रनरअप नगद १५ हजार, ट्रफी, प्रमाण–पत्र र आकर्षक पुरस्कार, सेकेण्ड रनरअप नगद १० हजार ट्रफी, प्रमाण–पत्र र आकर्षक पुरस्कार र थर्ड रनरअपलाई नगद ५ हजार, ट्रफी, प्रमाण–पत्र र आकर्षक पुरस्कार प्रदान गरिने छ ।
सुनगाभा पब्लिक स्कूलको प्राङ्गणमा भोलि दिउँसो १ बजे सुरु हुने फाइनल प्रतिस्पर्धामा चर्चित गायिका देविका बन्दना प्रमुख अतिथिको रूपमा सहभागी हुनुहुनेछ । कार्यक्रममा प्रख्यात गायक तथा संगीतकार राजनराज सिवाकोटी र अन्य स्थानीय कलाकारहरूको विशेष सांगीतिक प्रस्तुति रहनेछ ।






