सिद्धार्थ मेमोरियलमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

Picture of अनिता चाैधरी

अनिता चाैधरी

श्री सिद्धार्थ मेमोरियल एकेडेमीमा जुनियर हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयमा शुक्रबारिय क्रियाकलापअन्तर्गत जुनिय विद्यार्थीहरूबीचको सम्पन्न हाजिरी जवाफ प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै सुप्रिया पुनको समूह प्रथम भएको छ । यसैगरि जेनिस पौडेलको समूह द्वितीय र अग्रिम सुन्धौलीको समूह तृतीय हुन सफल भएको छ ।

विजयी टिमहरूलाइ बधाई ज्ञापन गर्दै विद्यालयका प्राचार्य भोजराज पौडेलले विद्यार्थीको सर्वाङ्गीण विकासमा अतिरिक्त क्रियाकलापको महत्वबारे प्रकाश पार्नुभयो । उहाँले भन्नुभयो, “विद्यार्थीहरूलाई किताबी ज्ञानमा मात्र सीमित नराखी ज्ञानको स्तर बढाउन हाजिरी जवाफ प्रतियोगिताहरूले बौद्धिक क्षमताको विकास गर्छ ।“
प्रतियोगिताहरूले विद्यार्थीहरूमा समूहमा काम गर्ने भावनाको विकास गर्ने, तत्काल निर्णय लिने क्षमता बढाउने र उनीहरूको सामान्य ज्ञानको दायरा फराकिलो बनाउने हुँदा भविष्यमा पनि यस्ता रचनात्मक र ज्ञानवर्धक गतिविधिमा सक्रिय रहन उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रममा सह –प्राचार्य ओम नेपाल, शिक्षकहरु घनश्याम पाण्डे, विष्णु प्रसाद अर्याल, र बालकृष्ण न्यौपानेले विजयी विद्यार्थीहरूलाई बधाई दिदै विद्यार्थीहरूलाई पठनपाठनसँगै सर्वाङ्गीण विकासका लागि रचनात्मक कार्यक्रमहरूमा सहभागी हुन प्रेरित गर्दै विद्यालयले यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

प्रतियोगिताको सञ्चालन तथा व्यवस्थापन कार्यक्रम संयोजक चन्द्रिका भट्टराईले गर्नुभएको थियो।


प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.