सैनामैना मेमोरियल स्कुलमा लोक तथा दोहोरी गीत प्रतियोगिता

Picture of खबर परिबेश

खबर परिबेश

 सैनामैना–१ मा रहेको सैनामैना मेमोरियल स्कुल, अन्तर सदनात्मक लोक तथा दोहोरी गीत प्रतियोगिता सम्पन्न भएको छ। विद्यालयको वार्षिक कार्यपात्रो अनुसार आयोजना गरिएको उक्त प्रतियोगिता विद्यार्थीहरूमा मौलिक कला तथा संस्कृतिको जगेर्ना गर्ने तथा गायन क्षमताको अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको थियो।
प्रतियोगितामा विद्यालयका कुल ४ सदनका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। विद्यार्थीहरूले विभिन्न मार्मिक तथा समसामयिक विषयहरू समेट्दै दोहोरी गीतमार्फत आफ्ना विचारहरू प्रस्तुत गरेका थिए। निर्णायक मण्डलले प्रस्तुतीको शैली, गायन क्षमता, भेषभूषा तथा विषयवस्तुको प्रभावकारिताका आधारमा मूल्याङ्कन गरेको आजको प्रतियोगिताका प्रमुख निर्णायक तथा विद्यालयका सह–प्राचार्य पदम अर्यालले जानकारी दिनुभयो।
प्रतियोगितामा निशा पराजुली, राखी परियार, शान्भी पौडेल, सबिन केसी, साइमन प्रधान र नवीन सार्कीको समूह रहेको धौलागिरी सदनले प्रथम स्थान हासिल गरेको थियो। त्यस्तै अन्नपूर्ण सदनका विद्यार्थी अनिशा नगरकोटी, समिक्षा भुसाल, प्रतीक्षा भुसाल, विमर्श नेपाल, डिलराज कुँवर र आदित्य भुसालको समूहले द्वितीय स्थान प्राप्त गरेको थियो भने श्रेया खड्का, देवका पोख्रेल, सुरक्षा भट्टराई, गौरव रायमाझी, अभिषेक खनाल र कृतक पोख्रेलको समूह रहेको कञ्चनजङ्गा सदनले तृतीय स्थान हासिल गरेको थियो।
कार्यक्रमले विद्यार्थीहरूमा रहेको गायन कलाको विकास तथा मौलिक संस्कृतिको प्रवर्धन र जगेर्नामा ठूलो योगदान पुर्याएको विद्यालयका प्राचार्य डी.बी. खत्री (प्रदिप) ले जानकारी दिनुभयो। उहाँले कार्यक्रममा जोड्दै भन्नुभयो, “यस्ता गतिविधिहरूले विद्यार्थीहरूको अन्तर्निहित क्षमताको प्रस्फुटनमा सकारात्मक प्रभाव पार्ने भएकाले भविष्यमा पनि यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने बताउनु भयो।”
उक्त कार्यक्रम विद्यालयका प्राचार्य डी.बी. खत्री (प्रदिप) को अध्यक्षतामा, विद्यालयका प्रबन्ध निर्देशक जे.बी. क्षेत्रीको आतिथ्यता, सह–प्राचार्य पदम अर्यालको प्रमुख निर्णायकत्व तथा विद्यालयका शैक्षिक सल्लाहकार लीलाधर घिमिरेको आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रम अतिरिक्त कार्यक्रम विभागको कुशल सहजीकरणमा तथा शिक्षक कमल खड्काको सञ्चालनमा सम्पन्न भएको विद्यालयका अतिरिक्त कार्यक्रम विभाग प्रमुख प्रकाश चौधरीले जानकारी दिनुभयो।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.