सैनामैना मेमोरियल स्कुलमा कृषि प्रयोगात्मक कार्यक्रम

Picture of अनिता चाैधरी

अनिता चाैधरी

सैनामैना–१, रुपन्देहीमा अवस्थित सैनामैना मेमोरियल स्कुलमा च्याउ उत्पादन सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । कक्षा ९ का विद्यार्थीहरूलाई लक्षित गरी कृषि प्रयोगात्मक कार्यक्रम अन्तर्गत विद्यार्थीहरूलाई पाठ्यपुस्तकको ज्ञानलाई गरेर सिक्ने व्यवहारिक सीपमा बदल्न प्रेरित गर्न च्याउ उत्पादन सम्बन्धी कार्यक्रम गरिएको हो ।

विद्यार्थीहरूले कञ्चन गाउँपालिका–१ स्थित स्पिन्जर च्याउ फर्मको प्रत्यक्ष भ्रमण गरी च्याउ खेती प्रक्रियाको व्यावहारिक अध्ययन, खाने च्याउको उत्पादन विधि, च्याउको प्रजनन प्रक्रिया र बीउ उत्पादन सम्बन्धी र आवश्यक जानकारी हासिल गरेका थिए ।

विद्यालयका प्राचार्य डी.बी. खत्रीले विद्यार्थीहरूमा आधुनिक कृषि ज्ञानप्रति रुचि जगाउने र प्रयोगात्मक क्रियाकलाप मार्फत विद्यार्थीहरूमा ’गरेर सिक्ने’ क्षमताको विकास गर्ने बताए । उनले परम्परागत कृषि प्रणालीमा मात्र सीमित नभई आधुनिक कृषि प्रणाली अपनाउनु जरुरी छ भन्ने ज्ञाल विद्यार्थीहरुले कार्यक्रमबाट प्राप्त गरेको बताए ।

विद्यालयका विज्ञान शिक्षक हेविन्द्र छन्त्यालको संयोजकत्व शिक्षक कमल खड्का र कक्षा ९ का विद्यार्थीहरूको सक्रिय सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो ।


प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.