सैनामैना मेमोरियलमा ‘भविष्य निर्माण’ कार्यक्रम सम्पन्न

Picture of अनिता चाैधरी

अनिता चाैधरी

सैनामैना–१ मा अवस्थित सैनामैना मेमोरियल स्कुलमा विद्यार्थीहरूका लागि ‘आफ्नो भविष्य निर्माण गर’ भन्ने विषयमा प्रेरणात्मक कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थीहरूमा अध्ययनप्रतिको रुचि, आत्मविश्वास र लक्ष्यप्रतिको प्रतिबद्धता विकास गराउने उद्देश्यले साथ कार्यक्रम आयोजना गरिएको हो ।
कक्षा ७ देखि १० सम्मका सहभागी विद्यार्थीहरूलाई भविष्यप्रति थप प्रतिबद्ध र जागरुक बनाउन चेतना फाउन्डेसनका अध्यक्ष तथा जीनियस एकेडेमीका सिइओ कमल सिलवालले प्रमुख प्रशिक्षणको रुपमा सहजीकरण गरेका थिए ।
विद्यालयका प्रबन्ध निर्देशक जे.बी. क्षेत्रीले प्रेरणात्मक कार्यक्रमले विद्यार्थीहरुलार्ई आफ्नो लक्ष्यप्रति अनुशासित र लगनशील हुन प्रेरित गरेको बताए । जसबाट उनीहरुलाई सफलता अवश्य मिल्ने बताए ।
शैक्षिक सल्लाहकार लीलाधर घिमिरेले शिक्षाले ज्ञान मात्र होइन, सही बाटो पनि देखाउँछ त्यसकारण हरेक विद्यार्थीले समयको सही सदुपयोग गर्दै अगाडि बढ्नुपर्ने बताए ।
विद्यालयका प्राचार्य डी.बी. खत्री खत्रीले कार्यक्रमले विद्यार्थीहरूमा नैतिकता, नेतृत्व क्षमता र आत्मबल विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । शैक्षिक यात्रालाई थप अर्थपूर्ण बनाउन सहयोग पुग्नले कार्यक्रमलाई निरन्रता दिने बताए ।
विद्यालयको सभाहलमा अतिरिक्त विभाग प्रमुख शिक्षक प्रकाश चौधरीको सहजीकरण तथा सह–प्राचार्य पदम अर्यालको सञ्चालन कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.